ध्यान साधनाका अमृतमय तीन चरण « Khabarhub

ध्यान साधनाका अमृतमय तीन चरण


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पृथ्वीका चराचर प्राणीमध्ये मानव मात्र यस्तो प्राणी हो जसले यो सृष्टिको समग्र रहस्यलाई बुझ्ने सामर्थ्य राख्दछ । त्यो सामर्थ्य ध्यानबाट मात्र सम्भव हुन्छ ।

ध्यानबाट हामीले दैनन्दित भोग्ने तनाव, पीर, चिन्ता, अवसाद आदिबाट मुक्त हुँदै अन्ततः सृष्टिका समग्र रहस्यलाई समेत बुझ्न सक्दछौं । यस आलेखमा ध्यानरुपी परम् तपस्याका केही चरणहरुका बारेमा उल्लेख गर्दैछु–

ध्यानको पहिलो अवस्था

पृथ्वीका कोलाहलमय चित्कार, रोदन, प्राकृतिक ध्वनि र यान्त्रिक ध्वनिहरुबाट उत्पन्न ध्वनिका विकिरण रश्मीहरु हामी जन्मनसाथ हाम्रो शरीरको कोष–कोषमा प्रवाह भएको हुन्छ ।

यिनै ध्वनिका कणहरु मानव कोषमा विद्यमान रहेको हुनाले मीठो ध्वनिको धुनले हामी जोकोहीलाई मोहित बनाउछ । ध्वनि स्वरको झञ्कारले शरीरका अंग–अंग र कोष–कोषमा रोमाञ्चित तरंग पैदा गराउँछ ।

शरीरका कोषमा अणु परमाणुमा ध्वनिको घटना प्रकृतिअनुरुप शरीरले जसरी ग्रहण गरेको हुन्छ । त्यसैअनुरुप मनुष्य जीवनको संस्कार, कर्म र उसको आनिबानी अनि व्यवहार बन्दछ । आध्यात्मिक साधनाको अभ्यास, आसन र प्राणायमबाट शरीरभित्रका विकिरण रश्मीहरुको ध्वनिलाई थप उत्कर्षमा पुर्‍याउने काम गरिन्छ ।

शरीरका अंग–अंगको संवेदनाका तरंगबाट र संगीतका अनेकौं वस्तुहरुको ठक्करबाट उत्पन्न ध्वनिका आवाजहरुले संस्कार बनेर कोष–कोषमा गढेर रहेका तरंगहरु बाहिर निष्कासन हुन थाल्छन् । यस्ता क्रियाहरुले आत्मविश्वास, आनन्द, खुसी, शरीरमा स्फूर्ति र शक्तिको उदय भएको महसुस गराउँछ ।

विस्तारै शरीरमा संस्कार बनेर रहेका जन्मजन्मान्तरदेखिका ध्वनिका विकिरण रश्मी घट्दै जान्छ । त्यसपछि शरीरमा नयाँ ध्वनिको प्रादुर्भाव हुन थाल्दछ । ऋषि–महर्षिहरु यही ध्वनिलाई स्वर ध्वनि या ॐ काररुपी ईश्वर पनि भन्दछन् ।

ध्यानको दोस्रो अवस्था

बुद्धि विवेकभन्दा पर मनलाई एक विषयमा एकाकार गराउँदै अनेकौं विषय भोग्दै भोक्ताभावबाट अलग द्रष्टाभावमा स्थित रहँदै विषयप्रति साक्षी, तटस्थ अनि सजग रहँदै कर्ताभावबाट द्रष्टाभाव र साक्षी, तटस्थभाव पनि विलय भएर अखण्ड स्वरुपको उदय हुन्छ । यस अवस्थामा विषयप्रति घटना घटिरहन्छ । जानिरहेको छु बुझिरहेको छु, देखिरहेको छु भन्ने भावना साधक रहन्छ ।

अचम्म यस्तो हुन्छ कि देख्नेवालाले आफैंलाई परबाट हेरिरहेको हुन्छ । अर्थात् भौतिक दुनियाँ देख्न व्यक्तिले विषयलाई चर्म चक्षुले देख्छ भने यहाँ विषयले चाहिँ स्वयं ध्यानस्थ साधकलाई परबाट देखिरहेको हुन्छ । बुझाउनै कठिन छ कि जो साधक ध्यानस्थ हुन्छ उसैलाई परबाट विषयले नियालिरहेको हुन्छ । अर्थात् पुनः भन्दा ध्यान गरिरहेको साधकलाई नै विषयरुपी द्रष्टाले परबाट नियालिरहेको हुन्छ । बडो अचम्म ।

यसरी साधकको जीवनमा ध्यानको पाना पल्टिन्छ । साधनामा नयाँ मोड आउँछ । यहाँ बुद्धि, विवेक हराएर अखण्ड चेतनाको प्रादुर्भाव हुन्छ । माथिको अवस्थामा आउन दुर्भावना, दुर्विचार, क्रोध र अहङ्कार मनबाट बाहिर निकालेर तटस्थ द्रष्टाभावमा अर्थात् वस्तुलाई कल्पनाको विषय बनाएर साधक धारणामा त्यसलाई धारण गर्दै अगाडि बढ्न पुग्छ ।

रमाइलो यहाँ यस्तो गजब छ, जुन विषयप्रति धारणामा गयो साधक त्यही विषय धारण गर्दछ र त्यो विषयको प्रभाव शरीरले ग्रहण गर्दछ । शरीरमा धारणाका प्रभावसँगै उपयुक्त प्रभाव र एकाङ्गी गुरुमन्त्रले गति लिन्छ । गुरुमन्त्रलाई गुरुदीक्षा या दीक्षामन्त्र पनि भनिन्छ । गुरुदीक्षाबाट तरंगको गति शरीरभरि फैलिएको महसुस हुन्छ । भगवान् बुद्धले गुरुमन्त्रको तरंग गतिलाई स्वयं व्यक्तिभित्रै शिरदेखि पाउसम्म कुनै अंग नछाडी प्रवाहित हुने गरी संवेदनामा बदल्न सक्ने अचुक अस्त्र साधकलाई दिनुभयो ।

मानवशरीर पृथ्वी, जल, तेज, वायु र आकाशरुपी पञ्चतत्वले बनेको हुन्छ । ध्यानको अवस्थामा हाम्रो शरीरले तरंग गति या भनूँ साधक पञ्चतत्वको रुप धारण गर्न पुग्छ । अध्यानीहरुमा पनि यो अवस्था आउँछन् तर ख्याल गर्दैनन्, उनीहरुमा होस रहँदैन ।

पञ्चतत्वका रुप लक्षणहरु–

पृथ्वी तत्व– शरीरमा भारीपन, अजङ्गको विशाल शरीरले रुप धारण गरेको, अँधेरोपन, आदि ।
अग्नि तत्व– शरीरमा गर्मीपन, जलन, रिस, आदि ।
वायु तत्व– शरीरमा कम्पन, आफू उडेर गएको अनुभूत हुने, आदि ।
जल तत्व– शरीरमा पानीको मात्र देखिनु, पसिना आउनु, चिसोपन महसुस हुनु, आदि ।
आकाशतत्व– शरीर हलुका, चित्त निर्मल, जीवन कञ्चन, खुसी, आनन्द, आदि । योसँगै गुरुत्वाकर्षण पृथ्वीसँग नभई आकाश र वायुतत्वसँग पनि पो रहेछ भन्ने महसुस हुन्छ ।
यस्तो अवस्थामा ध्यानीहरुका शरीरले अनेकौं रुप धारण गरेको हुन्छ । साधक यहाँ अप्ठेरो मोडमा पर्न पनि सक्छन् । यस्तो अवसथामा उसलाई सही मार्ग निर्देशनको खाँचो पर्दछ ।

ध्यानको तेस्रो अवस्था

ध्यानको तेस्रो चरण अत्यन्त जटिल अवस्था हो । यहाँसम्म आउन साधकमा ईश्वर भक्ति, गुरु श्रद्धा र ध्यान साधनाप्रति शरणागति हुनुपर्छ । यो अवस्थामा इन्द्रियहरु सक्रिय हुन थाल्दछन्, जसलाई इन्द्रियभेदन भन्न सकिन्छ ।

साधक यस अवस्थामा आइपुगेपछि आँखाले मात्र नभई शरीरका अरु अंगहरुले पनि देख्न थाल्छन् । आँखाले हेर्न/देख्न नसक्ने दृश्य र हजार गुना औंसीको रात शरीरका अरु अंगले एकैसाथ देख्दछ । कानले सुन्ने शक्ति शरीरको रोम–रोमले भयावह आवाजसँगै मसिना कीरा सलबलाएझैँ हरेक वस्तु चलायमान, चलायमानसँगै दिव्य प्रकाशमा अद्भूत ध्वनिका गुञ्जन सुनिन्छ । आफ्नो शरीरबाट शरीर निस्केको प्रत्याभूति हुन्छ । जसलाई यसअघि आत्मा भनी हामीले भ्रम पालेर बसेका थियौैं ।

यसरी इन्द्रियले अनेकौं रुप धारण गर्दछ ।

नाकको सुँघ्ने शक्ति प्रबल बन्छ भने जिब्रोबाट अमृत स्वादको धारा प्रवाह वर्षन थाल्दछ ।

यिनै सक्रिय इन्द्रियहरुमध्ये एक इन्द्रियबाट साधनाको अभ्याससँगै साधक व्याकुल हुँदै वैराग्य अवस्थामा प्रवेश गर्दछ ।
अन्ततोगत्वा सबै इन्द्रियहरुको प्रतिनिधित्व गरेझैँ अद्भूत, चलायमान वस्तु, दिव्य ध्वनि, दिव्य प्रकाश शरीरको कुनै अंगबाट प्रवेश गरेको अनुभव हुन्छ । ध्यानी अब आफ्नो शरीरभित्रको अंग–अंगबाट रोमाञ्चित हुँदै शरीरले अदभूत ज्ञानको अनुभूति प्राप्त गर्दछ ।

यहाँ शिष्यको श्रद्धा, भक्ति र शरणागत देखेर शिष्यप्रति गुरु भावविह्वल बन्न पुग्दछ ।

ध्यानको पहिलो र दोस्रो अवस्था गुरुद्वारा सम्भव छ भने तेस्रो अवस्थामा कसैले चाहेर पुग्न सकिन्न, न मानव गुरुले इच्छाएर नै पु¥याउन सक्छन् । गुरुले यति गरिदिन सक्छन् वातावरण र अवस्था हेरेर व्यवस्थापन गरिदिन सक्छन् । साधकको प्रयास शरणागत हुनु हो । बाँकी एक छ उसैको कृपा । जसलाई हामी परमात्मा भन्न सक्छौं, उसैको कृपा यहाँ धन्य हुन्छ ।

अब शिष्यको जीवनले नयाँ जीवन पाउँदै जान्छ । हरेक अवस्थाको उदय हुन्छ । मानव संस्कारको नवजन्म हुन्छ ।
साधक अध्यात्मिक पथमा सम्भावित परिघटनालाई अलौकिक वेदनामा स्थित रहँदै चित्त निर्मल बन्दै जान्छ ।

त्यसैले साधनाका शुरुका दिनमा वा ध्यानको पहिलो अवस्थामा तनाव, चिन्ता, डर आयो भनेर आत्तिएर भाग्नु वा ध्यानबाट विमुख हुनु हुँदैन ।

साधनाका शुरु चरणमा जो अवसाद र फसादमा पर्छ, धैर्यसँग साधनालाई निरन्तर रुपमा अघि बढाउँदै जाँदा कुनै दिन उही साधक नै ध्यानको तेस्रो चरणमा पुगेर परमानन्द साक्षात्कार वा सृष्टिको समग्र रहस्य बुझ्न सक्दछ । ध्यानको तेस्रो अवस्थामा स्थित रहने व्यक्ति नै तत्वज्ञानी हो ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १० : ४० बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले