पत्रकार राहत कार्यक्रम घोषणा गर्न कांग्रेस सभापति देउवाको आग्रह « Khabarhub

पत्रकार राहत कार्यक्रम घोषणा गर्न कांग्रेस सभापति देउवाको आग्रह


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई बचाउन सरकारले विशेष राहत प्याकेजसंग सम्बन्धित कार्यक्रम घोषणा गर्नुपर्ने बताएका छन् ।

कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यरत पत्रकारहरू निकै संकटमा परेको भन्दै उनीहरूको विषयमा सरकार संवेदनशील हुन आग्रह गरे ।

उनले भने, ‘साना–ठूला सबै मिडिया हाउस समस्यामा परेका छन् । विज्ञापनको बजार संकटमा छ । पत्रकारका लागि सरकारले राहत कार्यक्रम घोषणा गर्नुपर्छ।’

नेपाल प्रेस युनियनको २९औं स्थापना दिवस मनाउन मंगलबार आयोजित भर्चुल कार्यक्रममा देउवाले पत्रकारहरूसमेत कोरोनाबाट संक्रमति हुन थालेको बताउँदै भने, ‘पत्रकारलाई बचाउनुको साटो उल्टै प्रधानमन्त्री नै मिडियाको विरोधमा लागेको देखिन्छ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिहरू मिडियाको विरोधमा आउने गरेको देउवाको भनाइ थियो । देउवाले यो संकटका बेला पनि पत्रकारहरूले आफ्नो कर्तव्य निर्वाह गर्दै आएको कुरा सह्रानीय भएको भन्दै मिडियाले भूमिका खेल्नुपर्ने बताए ।

सभापति देउवाले लामो लकडाउनले सामाजिक रूपमा समस्या सिर्जना हुन थालेको र बेथितिहरूसमेत देखिन थालेको बताए । कोरोना परीक्षणको दायरा सरकराले बढाउन नसकेको बताए । उनले भने, ‘परीक्षणको दर बढाइनुपर्छ । सरकारले स्वास्थ्य सामग्रीको उपलब्धतासमेत बढाउनुपर्छ ।’

स्वास्थ्य सामग्री खरिदलगायत विषयमा भएका अनियमितताको विषयहरूसमेत उजागर हुनुपर्ने देउवाको भनाइ थियो ।

यसैबीच कांग्रेस नेता प्रकाशमान सिंहले नेपालका लोकतन्त्रवादी श्रमजीवी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन स्थापनाको २९औं वर्ष प्रवेशका अवसरमा हार्दिक शुभकामना दिएका छन् ।

देशमा लोकतन्त्र स्थापना र जनताको हकअधिकारको पक्षमा खेल्दै आएको भूमिकाका लागि नेपाल प्रेस युनियनलाई धन्यवाद दिएका छन् ।

कोरोना भाइरसको कहरमा पनि आफ्नो पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारहरूलाई सुरक्षित भएर कार्य गर्न सिंहले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ११ : ०२ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन