लकडाउनको समयमा घरभाडा छुट गराउन माग | Khabarhub Khabarhub

लकडाउनको समयमा घरभाडा छुट गराउन माग


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरमा व्यावसायीले लकडाउनका समयको घरभाडा छुट गराउन माग गरेका छन् ।

यहाँका १४० व्यावसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै लकडाउनका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग गरेका हुन् ।

उनीहरुले पाँचथर उद्योग वाणिज्य सङ्घ, फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै लकडाउनले व्यावसायी व्यवसाय बन्द गर्ने अवस्थामा पुगेकाले उक्त अवधिको भाडा छुट गराउन माग गरेका हुन् । लकडाउनको दुई महिना पूरा हुँदा घरधनीले भाडा माग्ने र नदिए व्यवसाय बन्द गर्न दबाब दिएको उनीहरुको गुनासो छ ।

विशेषत साना तथा मझौला व्यावसायी लकडाउनको चपेटामा परेकाले लकडाउनका समयको भाडा छुट गराउन माग गरिएको व्यावसायी सुनिता केरुङले बताए ।

‘व्यावसायी लकडाउन भन्न पाउनुभएको छैन । घरभाडा नबुझाइ नहुने, बैङ्कको किस्ता पनि तिर्नै पर्ने अवस्था आएको छ’, केरुङले भने, ‘धेरै व्यावसायी पलायन हुने स्थितिमा पुगेकाले भाडा मात्रै भए पनि छुट गराउन माग गरेका हौँ । कतिपय व्यावसायीलाई जीवन निर्वाहमा समस्या सिर्जना हुन थालेको तथा बैंक तथा वित्तीय संस्थाको ऋण र किस्ता बुझाउन असमर्थ हुँदा व्यवसाय छोड्नुपर्ने स्थिति आएको व्यावसायी लक्ष्मण लावतीको भनाइ छ ।

व्यावसायीहरुको ज्ञापनपत्र बुझ्दै फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले व्यावसायीलाई परेको समस्याबारे आफूहरु जानकार रहे पनि सङ्घीय सरकारबाट स्पष्ट नीति नबन्दासम्म स्थानीयस्तरमा ठोस काम गर्न कठिन परेको बताए । उनले नगरपालिकाभित्र लकडाउनका समयको भाडा छुट गराउन आफूले पहल गर्ने बताए ।

पाँचथर उद्योग वाणिज्य सङ्घका महासचिव नवराज घिमिरे लकडाउनको प्रभावले कतिपय व्यावसायीले नै व्यवसाय बन्द गरेको बताए ।

पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल व्यावसायीलाई कर, ब्याजदर र भाडा छुट अत्यावश्यक रहेको बताए । व्यावसायीका गुनासा उद्योग वाणिज्य सङ्घका प्रदेश तथा केन्द्रीय समितिमा समेत राखिएको बताउँदै अध्यक्ष नेपालले सङ्घीय सरकारले स्पष्ट नीति बनाइ व्यावसायीलाई सहयोग गर्नुपर्ने बताए ।

लकडाउनका समयको घरभाडा छुट गराउँदा घरधनीलाई घरबहाल करको दायरामा ल्याउने अवसरसमेत रहेको नेपालको भनाइ छ ।

यहाँ धेरै साना तथा मझौला व्यावसायी लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा छन् । धेरैले आफूकहाँ रहेको सामग्री बिक्री गरिसकेका छन् र व्यवसायको चालू पूँजीसमेत दैनिकी चलाउन खर्च गरिसकेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १२ : ०४ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको