लकडाउनको समयमा घरभाडा छुट गराउन माग « Khabarhub

लकडाउनको समयमा घरभाडा छुट गराउन माग


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरमा व्यावसायीले लकडाउनका समयको घरभाडा छुट गराउन माग गरेका छन् ।

यहाँका १४० व्यावसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै लकडाउनका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग गरेका हुन् ।

उनीहरुले पाँचथर उद्योग वाणिज्य सङ्घ, फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै लकडाउनले व्यावसायी व्यवसाय बन्द गर्ने अवस्थामा पुगेकाले उक्त अवधिको भाडा छुट गराउन माग गरेका हुन् । लकडाउनको दुई महिना पूरा हुँदा घरधनीले भाडा माग्ने र नदिए व्यवसाय बन्द गर्न दबाब दिएको उनीहरुको गुनासो छ ।

विशेषत साना तथा मझौला व्यावसायी लकडाउनको चपेटामा परेकाले लकडाउनका समयको भाडा छुट गराउन माग गरिएको व्यावसायी सुनिता केरुङले बताए ।

‘व्यावसायी लकडाउन भन्न पाउनुभएको छैन । घरभाडा नबुझाइ नहुने, बैङ्कको किस्ता पनि तिर्नै पर्ने अवस्था आएको छ’, केरुङले भने, ‘धेरै व्यावसायी पलायन हुने स्थितिमा पुगेकाले भाडा मात्रै भए पनि छुट गराउन माग गरेका हौँ । कतिपय व्यावसायीलाई जीवन निर्वाहमा समस्या सिर्जना हुन थालेको तथा बैंक तथा वित्तीय संस्थाको ऋण र किस्ता बुझाउन असमर्थ हुँदा व्यवसाय छोड्नुपर्ने स्थिति आएको व्यावसायी लक्ष्मण लावतीको भनाइ छ ।

व्यावसायीहरुको ज्ञापनपत्र बुझ्दै फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले व्यावसायीलाई परेको समस्याबारे आफूहरु जानकार रहे पनि सङ्घीय सरकारबाट स्पष्ट नीति नबन्दासम्म स्थानीयस्तरमा ठोस काम गर्न कठिन परेको बताए । उनले नगरपालिकाभित्र लकडाउनका समयको भाडा छुट गराउन आफूले पहल गर्ने बताए ।

पाँचथर उद्योग वाणिज्य सङ्घका महासचिव नवराज घिमिरे लकडाउनको प्रभावले कतिपय व्यावसायीले नै व्यवसाय बन्द गरेको बताए ।

पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल व्यावसायीलाई कर, ब्याजदर र भाडा छुट अत्यावश्यक रहेको बताए । व्यावसायीका गुनासा उद्योग वाणिज्य सङ्घका प्रदेश तथा केन्द्रीय समितिमा समेत राखिएको बताउँदै अध्यक्ष नेपालले सङ्घीय सरकारले स्पष्ट नीति बनाइ व्यावसायीलाई सहयोग गर्नुपर्ने बताए ।

लकडाउनका समयको घरभाडा छुट गराउँदा घरधनीलाई घरबहाल करको दायरामा ल्याउने अवसरसमेत रहेको नेपालको भनाइ छ ।

यहाँ धेरै साना तथा मझौला व्यावसायी लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा छन् । धेरैले आफूकहाँ रहेको सामग्री बिक्री गरिसकेका छन् र व्यवसायको चालू पूँजीसमेत दैनिकी चलाउन खर्च गरिसकेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १२ : ०४ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९