सिराहामा ५ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

सिराहामा ५ जनामा कोरोना संक्रमण पुष्टि


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ को सिराहामा पनि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईँका अनुसार सिराहामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रजिअ गुरागाईँका अनुसार भगवानपुर गाउँपालिका–४ २५, २५ २६ र २९ वर्षका ४ जना पुरुष र नवराजपुर गाउँपालिका– १ का १८ वर्षका एकजना पुरुष रहेका छन् ।

प्रजिअ गुरागाईँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सोमबार राति १० बजे सिराहामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

उनीहरु केही सयमअघि भारतबाट आएर क्वारेन्टाइमा रहेको व्यक्ति भएको सिडियो गुरागाईँले जानकारी दिए । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

यसअघि सिराहामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै सिराहामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १२ : १५ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९