राष्ट्रियतालाई बलियो बनाउन एक होऔं – प्रकाशमान सिंह « Khabarhub

राष्ट्रियतालाई बलियो बनाउन एक होऔं – प्रकाशमान सिंह


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रियतालाई बलियो बनाउन एक हुनुपर्ने बेला आएको बताएका छन् ।

सिंहले एक विज्ञप्ति जारी गर्दै नेपालको सीमामा अतिक्रमणपछि आफ्नो भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला राष्ट्रियतालाई बलियो बनाउन सबैमा अपिल गरेका छन् ।

कोरोनाको विपत्तिमा सरकारको तर्फबाट अझै ठोस प्रभावकारी जनअपेक्षा अनुरुपका कार्यक्रम ल्याउन नेता सिंहले सरकारको ध्यानाकर्षण गराएका छन् । स्वदेश तथा विदेशमा रहेका प्रत्येक नागरिकलाई सरकार अभिभावक हो भन्ने वोध हुने गरी काम गर्न उनले सरकारलाई सुझाव दिएका छन् ।

नेता सिंहले नेपालका लोकतन्त्रवादी श्रमजीवी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन स्थापनाको २९औं वर्ष प्रवेशका अवसरमा हार्दिक शुभकामना दिएका छन् ।

देशमा लोकतन्त्र स्थापना र जनताको हकअधिकारको पक्षमा खेल्दै आएको भूमिकाका लागि नेपाल प्रेस युनियनलाई धन्यवाद दिएका छन् ।

कोरोना भाइरसको कहरमा पनि आफ्नो पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारहरूलाई सुरक्षित भएर कार्य गर्न सिंहले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १२ : ४९ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको