गुल्मीमा गाउँपालिका अध्यक्षलाई नै कोरोना संक्रमण भएको पुष्टि « Khabarhub

गुल्मीमा गाउँपालिका अध्यक्षलाई नै कोरोना संक्रमण भएको पुष्टि


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा कोरोना संक्रमण पुष्टि भएका दुई जनामध्ये एक जना धुर्कोट गाउँपालिकाका अध्यक्ष भएको पाइएको छ ।

गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

उनले विज्ञप्ति मार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन् । गुल्मीका कोरोना संक्रमण पुष्टि भएका अर्का एक व्यक्ति धुर्कोट गाउँपालिका वडा नम्बर ४ को व्यक्ति भएको पनि उनले जानकारी दिए ।

पोखरेलका अनुसार अर्को कोरोना संक्रमित भने भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । ती व्यक्ति दिर्घ रोगी समेत रहेको पोखरेलको भनाइ छ ।

उनले आफू र ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि धुर्कोट गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने सेवा अनिश्चितकालिन रुपमा बन्द भएको समेत बताए ।

यस्तै गाउँपालिकाको केन्द्र बर्बोट क्षेत्र देखि वडा नम्बर ४भुवान सम्मको क्षेत्रलाई सील गरिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ४ : १५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल