नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७७२ पुग्यो « Khabarhub

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७७२ पुग्यो


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मंगलबार थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ७७२ पुगेको जानकारी दिएका हुन् ।

डा देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु महोत्तरी मनरा गाउँपालिका– १० का ३० र ३५ वर्षका पुरुष रहेका छन् । यस्तै जुम्ला घर भएका हाल बारामा रहेका दुई जना ३५ र ३६ वर्षीय पुरुष, बारा पचरौता नगरपालिका-१ का पिपरपाती माविको क्वारेन्टइमा रहेका तीन जना १९, ३० र ३५ वर्षीय पुरुषहरु रहेका छन् ।

यस्तै रौतहट गौर नगरपालिकामा ८ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु ४ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । उनीहरुमध्ये ७ जना पुरुष र एक जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै रौतहटकै देवाही गोनाही नगरपालिका र धर्राइगुनाइ नगरपालिकाका ६ जना रहेका छन् । उनीहरु १८ देखि ४१ वर्ष उमेर समूहका पुरुष रहेका छन् । यस्तै रौतहटकै करुनीया १ र ४ का ६ जना व्यक्तिहरु रहेका छन् । उनीहरु २६ देखि ४८ वर्षका पुरुषहरु रहेका छन् ।

मन्त्रालयका अनुसार रौतहटकै राजदेवी नगरपालिकाका २२ वर्षीय पुरुष, रौतहटकै गरुडा नगरपालिकाका एक जना २४ वर्षीय पुरुष र सिराहा नवराजपुर गाउँपालिकाका एक जना १८ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी सिराहाकै भगवानपुर गाउँपालिकाका ४ जना २५ देखि २९ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार धनुषा वेलामुखियापति गाउँपालिकाका कोभिड १९ अस्पताल जनकपुरमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज २ का २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरु कपिलवस्तु मायादेवि ७ का दुई जना २२ र ५० वर्षीय पुरुष, अर्घाखाँची कमला माविका २ जना १९ र ४३ वर्षका पुरुष, गुल्मी धुर्कोटका दुई जना पुरुष र लुम्बिनी अस्पतालका एक जना २२ वर्षीय पुरुष रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपँक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सुर्खेत विरेन्द्रनगरका ९ देखि ४६ वर्षका ८ पुरुष र एक जना महिला रहेका छन् । यस्तै सुर्खेतकै दुई जना भेरीगंगाका १६ र १७ वर्षीय पुरुष, सुर्खेतकै सिमताका ३५ र ४९ वर्षका दुई जना पुरुष रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार नेपालगञ्जमा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु बाँके डुडुवाका २०, २१, ३६, ४० वर्षीय पुरुष, बाँकेको राप्ती सोनारी वडा नम्बर-३ का एक जना ४६ वर्षीय पुरुष,  वडा नम्बर ९ का एक जना ३८ वर्षीय पुरुष र बाँकेकै वैजनाथ-३ का ३० वर्षीय पुरुष रहेका छन् ।

यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

जसमध्ये २ वर्षीया बालिकालगायत २९ वर्षदेखि ५५ वर्षका ३२ जना पुरुष रहेका छन् । डा देवकोटाका अनुसार उनीहरु कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर १, २ र ८ का रहेका छन् ।

उनका अनुसार नारायणी अस्पतालबाट थप ४३ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको कुल संख्या १५५ पुगेको छ। सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ।

अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक संक्रमित छन्। मंगलबार अपराह्नसम्म देशका विभिन्न स्थानमा ५५ हजार २८२ जना क्वारेन्टाइनमा भएको मन्त्रालयको तथ्यांकले देखाएको छ।

हालसम्म ४६ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ४ : ३८ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको