पश्चिम रुकुम घटना : वडाध्यक्षसहित १२ जनाविरुद्ध किटानी जाहेरी « Khabarhub

पश्चिम रुकुम घटना : वडाध्यक्षसहित १२ जनाविरुद्ध किटानी जाहेरी


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- पश्चिमरुकुम घटनाका पीडित परिवारले कारबाहीको माग राख्दै वडाध्यक्षसहित १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।

चौरजहारी नगरपालिका–८ सोतीमा तीन जनाकाे ज्यान जाने गरी भएकाे घटनाका पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका हुन् ।

चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया प्रेमिका, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनाविरुद्ध किटानी जहोरी दर्ता भएको जाजरकोटका डीएसपी किशोरकुमार श्रेष्ठले बताए।

घटनामा संग्लग्न सबैलाई पश्चिम रुकुम प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर शनिबार बेलुका ८ बजेतिर भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ नवराज विक (प्रेमी), गणेश बुढामगर र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको शव भेरी नदीमा मृत भेटिएको थियो।

घटनामा भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनार, १८ वर्षकै सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही सम्पर्क विहीन छन्।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ८ : ३९ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा