लिभरपुलले जित्यो प्रिमियर लिग उपाधि « Khabarhub

लिभरपुलले जित्यो प्रिमियर लिग उपाधि


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इङ्ग्लीस प्रिमियर लिगमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गर्दा लिभरपुलले उपाधि उचालेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दा लिभरपुल च्याम्पियन बनेको हो ।

लिगमा ७ खेल बाँकी हुँदा २३ अंकको स्पष्ट अग्रताले लिभरपुललाई उपाधि दिलाएको हो । योसँगै लिभरपुलले पछिल्लो ३० वर्षपछि उपाधि उचाल्दै लिगको बलियो टोलीको रुपमा आफूलाई स्थापित गरेको छ ।

लिभरपुलले यसअघि सन् १९८९–९० को सिजनमा उपाधि हात पारेको थियो । त्यसपछि जितेको पहिलो उपाधि हात पारेपछि लिभरपुलका समर्थकले एनफिल्ड बाहिर र्‍याली निकालेका छन् ।

नोबेल कोरोना भाइस (कोभिड १९) ले गर्दा सार्वजनिक स्थानमा भेला नहुन सरकारको निर्देशन भए पनि पहिलोपटक लिगको उपाधि जितेको लिभरपुलका समर्थक सडकमा उत्रिएर जीतको उत्सव मनाएका हुन् ।

उनीहरुले लिभरपुलको घरेलु मैदानबाहिर क्लबको जर्सिसहित आएर उत्सब मनाएका हुन् । यस्तै, चेल्सी र सिटीको खेल हेरेर बसेका लिभरपुलका गोलकिपर एलिसन, डिफेन्डर भर्जिल भान डिज्क र मिडफिल्डर एलेक्स ओक्सलादे च्याम्बिरलिन लगायतले कोठामै जितको उत्सव मनाएका छन् ।

तस्वीर – गेट्टी इमेज ।

लिभरपुल लिगको १० औं स्थानमा हुँदा क्लबमा प्रवेश गरेका प्रशिक्षक योर्गन क्लोपले यहाँसम्मको यात्रा निकै संघर्षपूर्ण र अविश्वसनीय रहेको बताएका छन् । ‘मसँग कुनै शब्द छैन, यो अविश्वसनीय छ । यो मैले देखेको सम्भावना भन्दा बढी हो,’ उनले भने ।

लिभरपुलमा आएको साढे चारवर्षमा क्लोपले शीर्ष दुई उपाधि दिलाएका छन् । अघिल्लो सिजनमा लिभरपुलले च्याम्पियन्स लिगको उपाधि हात पारेको थियो ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : २५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको