अमेरिकामा एकै दिन थपिए ३७ हजार बढी कोरोना संक्रमित « Khabarhub

अमेरिकामा एकै दिन थपिए ३७ हजार बढी कोरोना संक्रमित


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजार ८ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार विहान यो समाचार तयार पार्दासम्म अमेरिकाका १ लाख २६ हजार ७ सय २६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

हालसम्म २५ लाख २ हजार २ सय ९८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १० लाख ४८ हजार ४ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै बितेको २४ घण्टामा थप ५ सय ९५ जनाको ज्यान गएको र संक्रमितमध्ये १५ हजार ७ सय २९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ४ लाख ९० हजार ९३३ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म ९६ लाख ९९ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ५२ लाख ५१  हजार १०९ जना कोरोनाको सफल उपचारपछि निको भएर घर फर्किएका छन्  ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : २८ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द