लिभरपुललाई उपाधि दिलाएपछि प्रशिक्षक क्लोपको प्रतिक्रिया: कल्पना गरेभन्दा ठूलो सफलता « Khabarhub

लिभरपुललाई उपाधि दिलाएपछि प्रशिक्षक क्लोपको प्रतिक्रिया: कल्पना गरेभन्दा ठूलो सफलता


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्रिमियर लिग च्याम्पियन प्रशिक्षक योर्गन क्लोपले ‘कल्पना गरेको भन्दा बढी सफलता’ हासिल भएको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार बिहान चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गर्दा लिभरपुल यो सिजनको लिग च्याम्पियन लिभरपुल बनेको हो । लिगमा ७ खेल बाँकी हुँदा २३ अंकको स्पष्ट अग्रताले लिभरपुललाई उपाधि दिलाएको हो ।

३० वर्षदेखिको लिगमा उपाधिविहीन रहेको लिभरपुलका तीन दशकपछि उपाधि उचाल्न सफल प्रशिक्षक क्लोपले स्काइ स्पोर्ट्ससँगको कुराकानीमा भावुक हुँदै भनेका छन्, ‘मसँग कुनै शब्द छैन ।’

लिभरपुलले सन् १९८९–९० मा लिगको उपाधि उचालेको थियो । क्लबले ३० वर्षपछि उपाधि हात पारे पनि क्लोपले भने साढे चारवर्षमै उपाधि हात पारेका हुन् ।

‘यो सबैभन्दा उत्तम चीज हो, जुन मैले सोचेको र सपना देखेको थिएँ, यो अविश्वसनीय छ, मैले कहिल्यै पनि सम्भव हुन्छ भनेर सोचेको थिएन,’ अन्तर्वार्तामा लिभरपुलको जर्सी लगाएका जर्मन नागरिक प्रशिक्षक क्लोपले भने, ‘यो क्लबलाई च्याम्पियन बनाउँदा साँच्चिकै फरक महसुस भइरहेको छ ।’

‘मेरा खेलाडीबाट यो अविश्वसनीय सफलता हो र उनीहरुलाई प्रशिक्षण दिने प्रशिक्षकका हिसाबले मलाई आनन्द मिलेको छ,’ क्लोेपले भने ।

सन् २०१५ अक्टोबरमा लिभरपुलको प्रशिक्षकको जिम्मेवारीमा क्लोप आउँदा लिभरपुल लिगको शीर्ष औं स्थानमा थियो ।

अघिल्लो वर्ष च्याम्पियन्स लिग उपाधि दिलाएका प्रशिक्षक क्लोपले यो वर्ष ७ खेल बाँकी रहँदै टिमलाई च्याम्पियन बनाउन सफल भएका छन् ।

क्लोपकै कारण क्लबले च्याम्पियन यात्रा तय गरेको कप्तान जोर्डन ह्यान्डरसनले भनेका छन् ।

‘म उनमा फिदा भएको थिएँ । जब उनी पहिलोपटक हाम्रो क्लबमा आएका थिए,’ लिभरपुलका कप्तान ह्यान्डरसनले भने, ‘हामीले उनलाई पञ्छ्यायौं । उनलाई विश्वास गर्‍यौं । यो निकै रमाइलो यात्रा रह्यो । हामी अझै धेरै चाहन्छौं । हामीमा भोक छ । उनीसँग मिलेर अझै धेरै गर्न सकिन्छ ।’

प्रशिक्षक क्लोपबारे कप्तान हेन्डरसनले अगाडि भने, ‘हामी अहिले जहाँ आइपुगेका छौं । यो उनीविना सम्भव थिएन ।’

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : २५ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि