कर्णालीमा ७२ कोरोना सङ्क्रमित थपिए | Khabarhub Khabarhub

कर्णालीमा ७२ कोरोना सङ्क्रमित थपिए


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बिहीबार कर्णालीमा थप ७२ जनामा पुष्टि भएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआरमा १८ दैलेख, १२ सुर्खेत, तीन कालीकोट, जुम्ला र सल्यानमा एक/एक गरी ३६ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो ।

इलाम, धादिङ, कास्की, लमजुङ, बाँके, बैतडी, कैलाली, दार्चुलामा एक/एक र बझाङमा दुई गरी १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा बाजुराका चार, बाँके र ताप्लेजुङका तीन/तीन, गोरखा, रामेछाप र ओखलढुङ्गामा दुई/दुई, कञ्चनपुर, बैतडी, दैलेख, दाङ, गुल्मी, पाल्पा, लमजुङ, धादिङ, काठमाडौँ, खोटाङ र इलाममा एक/एक गरी २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखा प्रमुख डा तिवारीले बताए । बिहीबार ७२ जना कोरोना संक्रमित थपिएसँगै कर्णालीमा यो सङ्ख्या एक हजार ४०७ पुगेको छ ।

त्यसैगरी, भारतको अहमदावादबाट फर्केर जेठ ११ गतेदेखि दुल्लु क्वारेन्टिन बसी जेठ २५ गते आरडिटी नेगेटिभ आएर घर फर्केको १६ दिनपछि असार ९ गते बेलुका आत्महत्या गरेका दुल्लु नगरपालिका १० गमौडीका २१ वर्षीय युवकको असार १० शव दैलेख अस्पतालमा परीक्षणका साथै स्वाब सङ्कलन गरेर प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गर्दा पोजेटिम देखिएको महाशाखाले जनाएको छ । युवकसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ७ : ५२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका