अब ‘सिमकार्ड’ लिन स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने « Khabarhub

अब ‘सिमकार्ड’ लिन स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल दुरसञ्चार प्राधिकरणले मोबाईलको सिमकार्ड लिन आफैं उपस्थित हुनपर्ने नियम ल्याएको छ ।

सक्कल परिचयपत्र लिएका र आफैं उपस्थित भएका ग्राहकलाई मात्र सिमकार्ड दिन दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

आफू उपस्थित हुन नसकेको अवस्थामा कानुनअनुसारको वारेसनामा वा अख्तियारनामा आवश्यक पर्ने भएको छ । यी प्रमाण लिएर नगए टेलिकमले सिम दिने छैन ।

सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी ग्राहकले भरेको फारम जाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउने प्रधिकरणले जनाएको छ ।

कुनै एक व्यक्तिको परिचयपत्र अर्को व्यक्तिले पाउँदा अनाधिकृत रुपमा अरु व्यक्तिको मोबाइल नम्बरको पहुँच हुँदा बैंङ्किङ, इमेल, सामाजिक सञ्जाल र अन्य डिजिल सेवा तथा डाटामा पहुँच पुग्ने र खतरा हुने भएकोले यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : ५५ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको