अब ‘सिमकार्ड’ लिन स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने « Khabarhub

अब ‘सिमकार्ड’ लिन स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल दुरसञ्चार प्राधिकरणले मोबाईलको सिमकार्ड लिन आफैं उपस्थित हुनपर्ने नियम ल्याएको छ ।

सक्कल परिचयपत्र लिएका र आफैं उपस्थित भएका ग्राहकलाई मात्र सिमकार्ड दिन दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

आफू उपस्थित हुन नसकेको अवस्थामा कानुनअनुसारको वारेसनामा वा अख्तियारनामा आवश्यक पर्ने भएको छ । यी प्रमाण लिएर नगए टेलिकमले सिम दिने छैन ।

सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी ग्राहकले भरेको फारम जाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउने प्रधिकरणले जनाएको छ ।

कुनै एक व्यक्तिको परिचयपत्र अर्को व्यक्तिले पाउँदा अनाधिकृत रुपमा अरु व्यक्तिको मोबाइल नम्बरको पहुँच हुँदा बैंङ्किङ, इमेल, सामाजिक सञ्जाल र अन्य डिजिल सेवा तथा डाटामा पहुँच पुग्ने र खतरा हुने भएकोले यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ८ : ५५ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा