चीनमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै विवादित बनेको ‘कुकुरको मासु उत्सव’ सुरु « Khabarhub

चीनमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै विवादित बनेको ‘कुकुरको मासु उत्सव’ सुरु


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको गवाङ्सी जुआङस्थित युलिन सहरमा कुकुरको मासु उत्सव सुरु भएको छ ।

जंगली र घरपालुवा जनवारको मासु प्रतिबन्ध लगाउने चीन सरकारको अभियानका बाबजुद गवाङ्सी जुआङस्थित युलिन सहरमा कुकुरको मासु उत्सव सुरु भएको हो ।

१० दिनसम्म चल्ने यो उत्सवमा हजारौं मानिसहरु सहभागी हुने न्युयोर्क पोस्टले जनाएको छ । तर, अभियानकर्ताहरुले भने विगतका भन्दा यस वर्ष कम सहभागी हुने र सम्भवत: यो वर्ष अन्तिम उत्सव हुने बताएका छन् ।

“मलाई आशा छ किन जनावरका लागि मात्र नभएर मानिसको स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले पनि यस्ता पर्वहरु अब हुनेछैनन् र युलिन परिवर्तन हुनेछ,” चीनी नीति विज्ञसमेत रहेका जनावर अधिकारकर्मी पिटर लिले भने ।

उनले यस्ता पर्वहरु आयोजना गर्दा र मानिसहरु भिडभाड जम्मा हुँदा जनस्वास्थ्यमा खतरा उत्पन्‍न हुने र कोरोना भाइरसको संक्रमण थप बढ्ने बताएका छन् ।

नोभेल कोरोना भाइरस चमेरोबाट आएर मानवमा सरेको भनिएकोमा चीनले जनवारबीचको सम्बन्धलाई फेरि पुनर्मूल्यांकन गर्न आवश्यक रहेको बताएको छ ।

चीन सरकारले वन्यजन्तुको व्यापार र घरपालुवाको सुरक्षात्मक उपायसम्बन्धी नयाँ नियम ल्याउने तयारी समेत गरिरहेको बताइएको छ । गत फेब्रुअरीमा चीन सरकारले वन्यजन्तुको व्यापारमा रोक लगाएको थियो ।

गत अप्रिलमा सेन्जेनमा कुकुरको मासुसमेत बिक्री गर्न प्रतिबन्द लगाउने पहिलो सहर बनेको थियो ।

कृषि मन्त्रालयलेसमेत कुकुरलाई घरमा पाल्‍न सकिने भए पनि मासुजन्य पशुको रुपमा राख्‍न नहुने बताएको थियो ।

नोभेल कोरोना भाइरसको संक्रमण बढेपछि कुकुरलगायतका जनावरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै चर्को विरोध समेत भएको थियो ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १ : २१ बजे

अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित 

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

कपनमा पुलमुनि झुण्डिएको अवस्थामा एक पुरुष फेला

काठमाडौँ– काठमाडौँ कपनमा झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन् ।

फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू

काठमाडौं – फिल्म ‘मुक्तिपुर’को टोली शुभ मुहूर्तसँगै छायाङ्कनमा निस्किएको छ

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना