बिहारमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ९२ पुग्यो « Khabarhub

बिहारमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ९२ पुग्यो


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन् ।

हिजो मात्र यसबाट ८३ जनाको ज्यान गएको बताइएको थियो । शुक्रबार बिहानसम्म यो संख्या ९२ पुगेको बिहारको विपद व्यवस्थापन केन्द्रले जानकारी दिएको हो । भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका २१ जिल्लामा बिहीबार साँझदेखि रातिसम्म चट्याङ परेको थियो ।

सबैभन्दा धेरै बिहारको गोपालगञ्ज जिल्लामा १३ जनाको मृत्यु भएको छ । यस्तै नवादा र पश्चिमी चम्पारण जिल्लामा आठ, आठ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो । भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो ।

मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । बिहारमा समय समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार ४ लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् ।

मृत्यु भएकाको परिवारप्रति समवेदना प्रकट
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भारी वर्षा र यसपछि परेको चट्याङ लागेर मृत्यु भएकाहरुको परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले सामाजिक सञ्जाल, ट्वीटरमार्फत बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन्– अविरल वर्षा र यसपछिको चट्याङमा परेर धेरै नागरिकको ज्यान गएको समाचार सुनेर मलाई निकै दुःख लागेको छ । भारतको बिहार र उत्तर प्रदेशका कैयौँ जिल्लाहरुका लागि यहाँका मौसमविद्हरुले बिहीबार आगामी ७२ घण्टाको लागि मौसमी चेतावनी जारी गरेका छन् ।

भीषण वर्षा र हावाहुरी चल्ने चेतावनी दिइएको छ । बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो । भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो ।

मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । बिहारमा समय समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  २ : १९ बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ