भारतमा तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

भारतमा तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा आइतबार यो समाचार तयार पार्दा पनि पछिल्लो २४ घण्टा ४८ हजार ४७२ जना संक्रमित भएका छन् ।

यसअघि शनिबार अहिलेसम्मकै सर्वाधिक ४८ हजार ८९२ जना संक्रमित भएका थिए भने शुक्रबार पनि ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको थियो । तीन दिनमा मात्रै भारतमा १ लाख ४५ हजार ८१० जना संक्रमित भएका छन् ।

भारतमा कुल संक्रमित संख्या १३ लाख ८५ हजार ४९४ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ८ लाख ८६ हजार २३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ६७ हजार १६३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६९० जनाको मृत्यु भएपछि आइतबार बिहानसम्म ज्यान गुमाउनेको ३२ हजार ९६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ३७ बजे

बालेनका सहयोगी राजुनाथले दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका

सुशासनको सुरुआत आफूबाटै हुनुपर्छ : मन्त्री इङ्नाम

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार

प्रधानमन्त्रीको तर्क : पुरानै शैलीले देश चल्दैन, अब नयाँ पुस्ता र युवाहरू आउनुपर्छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा