कोरोना भाइरस : विश्वभर १ करोड ६१ लाखभन्दा बढीमा संक्रमण « Khabarhub

कोरोना भाइरस : विश्वभर १ करोड ६१ लाखभन्दा बढीमा संक्रमण


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ६१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ५८ हजार २०२ जनामा संक्रमण देखिए छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६१ लाख ८९ हजार ६१६ पुगेको छ । यसमध्ये ६१.१९ प्रतिशत संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । अर्थात यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या ९९ लाख ७ हजार २३२ छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७११ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४७ हजार ५९६ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १ हजार २६३ जनाको मृत्यु भएको छ । २७ लाख ६५ हजार ५४० जना संक्रमित भएकोमा १६ लाख ६२ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ६ हजार ८८० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५० लाख ५० हजार १ पुगेको छ । त्यसमध्ये २५ लाख १७ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८८ हजार ६४७ जनाको मृत्यु भएको छ । ३८ लाख २६ हजार ६४६ जना संक्रमित भएकोमा २७ लाख ६५ हजार २२७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३२ हजार ९८० जनाको मृत्यु भएको छ । ३६ लाख ९४ हजार ३८२ जना संक्रमित भएकोमा २४ लाख ५८ हजार १९२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १७ हजार ५६३ जनाको ज्यान गएको छ भने ८ लाख ३२ हजार ३८० संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ८७ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १६७ जनाको मृत्यु भएको छ । १५ हजार ६५४ जना संक्रमित भएकोमा १० हजार ६४१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ६ : ४९ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको