४ गोलले मान्यता नपाउँदा नापोलीसँग सस्सुलोको हार « Khabarhub

४ गोलले मान्यता नपाउँदा नापोलीसँग सस्सुलोको हार


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सस्सुलोले लगाएको चार गोलले मान्यता नपाउदा इटालियन सिरी ‘ए’ मा नापोलीले जीत हार पारेको छ ।

नापोलीमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जीतमा इलसिड ह्यासाज र एलानले गोल गरे ।

खेलको आठौं मिनेटम नै लेफ्टब्याक इलसिडले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि सस्सुलोले चार गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) बाट मान्यता नपाउदा पराजित हुन पुग्यो ।

सस्सुलोको चार गोलमध्ये तीन गोलमा अफसाइड देखिएपनि एक गोलमा अफसाइड देखिएको थिएन । सस्सुलोको तेस्रो गोलमा कुनै अफसाइड देखिएको थिएन । इन्ज्युरी समयमा एलानले गोल गर्दै नेपोलीलाई २–० को नाटकीय जीत दिलाए । ३२औं मिनेटमा फिलिप डुरिसिसले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिए ।

फ्रान्सिस्को कापुटोले पास दिनुअघि नै उनी अफसाइड पोजिसनमा रहेका थिए । ३७औं मिनेटमा फिलिप डुरिसिसले अर्को गोल गरेपनि गोलले मान्यता पाएन । हामेद ट्राओरेको प्रहारलाई गोलरक्षक डेभिड ओस्पिनाले बचाएपनि रिवाउन्डमा फिलिप डुरिसिसले गोल गरेका थिए । तर, हामेद ट्राओरे अफसाइड पोजिसनमा रहेका थिए ।

४९औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गरेपनि उनी अफसाइड ठहरिए । ६१औं मिनेटमा डोमिनिको बेरारडीलेले अर्को गोल गरेपनि उनको गोलले मान्यता पाएन ।

जीतसँगै नापोली ५९ अंक जोडेर सातौँ स्थानमा यथावत रहेको छ । सस्सुलो भने ४८ अंकका साथ आठौं स्थनमा रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : ४६ बजे

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा