बागलुङमा पहिरोमा बेपत्ता एकको शव फेला « Khabarhub

बागलुङमा पहिरोमा बेपत्ता एकको शव फेला


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ ।

पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो ।

बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरोमा परी बेपत्ता भएका थिए ।

उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ११ : ४० बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज