फ्रेण्ड्स क्लबले चागुनारायणको मानेडाँडामा मैदान बनाउने « Khabarhub

फ्रेण्ड्स क्लबले चागुनारायणको मानेडाँडामा मैदान बनाउने


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहीद स्मारक ए डिभिजन लिगको फ्रेण्ड्स क्लबले आफ्नै खेल मैदान बनाउने भएको छ ।

फ्रेण्ड्सले चाँगुनारायण नगरपालिकाको मानेडाँडामा खेल मैदान बनाउन लागेको हो।

चागुनारायण नगरपालिकाको वडा नं. ४ मा रहेको मानेडाँडा क्षेत्रको भिरालो तथा खोचयुक्त सार्वजनिक जग्गा व्यवस्थित गरी फ्रेण्ड्स क्लबले आफ्नै खेल मैदान बनाउन लागेको हो।

ए डिभिजन लिग क्लब फ्रेण्ड्सले उक्त जग्गामा फुटबल मैदान निर्माणका लागि स्थानीयले सहमति जनाएको भन्दै वडा नम्बर ४ ले नगरपालिलाई सिफारिस गरेको छ।

वडाका अधिकांश स्थानीयहरूको भेलाबाट मन्जुरी भए क्लबलाई अनुमानित २५ रोपनी जग्गा २५ वर्षका लागि निःशुल्क प्रयोग गर्न दिइनेछ ।

मैदानका लागि भनिएको जग्गाको शनिबार एन्फा र क्लबका पदाधिकारीले निरीक्षण गरेका छन्।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १२ : ०१ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको