युट्युबबाट डलर त आउला तर म्युजिकल ज्ञान कहाँबाट आउला ?: आस्था राउत « Khabarhub

युट्युबबाट डलर त आउला तर म्युजिकल ज्ञान कहाँबाट आउला ?: आस्था राउत


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली गीत संगीतको स्तरीयतालाई लिएर बेलाबेलामा बहस हुने गर्छ । पछिल्लो समय कभर गीत गाउने गायक–गायिकाहरुको जमात बढिरहेको छ ।

चर्चित भनिएका गायक/गायिकाहरुले पनि विना कुनै तयारी गीत गाइरहेका हुन्छन् । कुनै अन्तर्वार्तामा गीत गाउन लगाइयो भने उनीहरु ट्रोलको शिकार हुन्छन् ।

यसैबीच गायिका आस्था राउतले ‘अटो ट्युनले जो पनि गायक भएको’ बताएकी छिन् । उनी भन्छिन् – ‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ, अटो ट्युनले आजकाल जो पनि गाउने ।’

‘के भाको हे दैव गीतहरु सुन्नै नसक्ने ?,’ आस्था प्रश्न गर्छिन् ।

आस्थाले नेपाली संगीतको भविष्य कस्तो रहला भन्नेमा चासो व्यक्त गरेकी छिन् । ‘युट्युबबाट डलर त आउला तर म्युजिकल ज्ञान कहाँबाट आउला ?,’ उनी भन्छिन् ।

पछिल्लो समय युट्युबबाट पैसा आउने कारण धेरैले आफ्नै च्यानलबाट गीत सार्वजनिक गर्ने गर्छन् । कतिपय कलाकारले त प्रयोगकर्ताको ध्यान तान्न विवादित गीत गाउने, त्यस्तै शब्दको प्रयोग गर्ने समेत गर्छन् ।

‘हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदैछ, के दर्शकलाई यस्तै चटक मन पर्दैछ?,’ आस्था गुनासो गर्छिन्, ‘हैट, अब चाहिँ के गर्नु ? केही बोल्नु कि नबोल्नु ?’

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १२ : १९ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र