युट्युबबाट डलर त आउला तर म्युजिकल ज्ञान कहाँबाट आउला ?: आस्था राउत « Khabarhub

युट्युबबाट डलर त आउला तर म्युजिकल ज्ञान कहाँबाट आउला ?: आस्था राउत


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली गीत संगीतको स्तरीयतालाई लिएर बेलाबेलामा बहस हुने गर्छ । पछिल्लो समय कभर गीत गाउने गायक–गायिकाहरुको जमात बढिरहेको छ ।

चर्चित भनिएका गायक/गायिकाहरुले पनि विना कुनै तयारी गीत गाइरहेका हुन्छन् । कुनै अन्तर्वार्तामा गीत गाउन लगाइयो भने उनीहरु ट्रोलको शिकार हुन्छन् ।

यसैबीच गायिका आस्था राउतले ‘अटो ट्युनले जो पनि गायक भएको’ बताएकी छिन् । उनी भन्छिन् – ‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ, अटो ट्युनले आजकाल जो पनि गाउने ।’

‘के भाको हे दैव गीतहरु सुन्नै नसक्ने ?,’ आस्था प्रश्न गर्छिन् ।

आस्थाले नेपाली संगीतको भविष्य कस्तो रहला भन्नेमा चासो व्यक्त गरेकी छिन् । ‘युट्युबबाट डलर त आउला तर म्युजिकल ज्ञान कहाँबाट आउला ?,’ उनी भन्छिन् ।

पछिल्लो समय युट्युबबाट पैसा आउने कारण धेरैले आफ्नै च्यानलबाट गीत सार्वजनिक गर्ने गर्छन् । कतिपय कलाकारले त प्रयोगकर्ताको ध्यान तान्न विवादित गीत गाउने, त्यस्तै शब्दको प्रयोग गर्ने समेत गर्छन् ।

‘हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदैछ, के दर्शकलाई यस्तै चटक मन पर्दैछ?,’ आस्था गुनासो गर्छिन्, ‘हैट, अब चाहिँ के गर्नु ? केही बोल्नु कि नबोल्नु ?’

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १२ : १९ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको