एआर रहमानको दाबी: बलिउडको ‘ग्याङ’ ले मेराविरुद्ध हल्ला फैलायो, काम पाइएन « Khabarhub

एआर रहमानको दाबी: बलिउडको ‘ग्याङ’ ले मेराविरुद्ध हल्ला फैलायो, काम पाइएन


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतका चर्चित संगीकार एआर रहमानले बलिउडको ग्याङका कारण आफ्नो काममा अडचन आएको आरोप लगाएका छन् ।

सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा इनसाइडर र आउसाइडर (कलाकारका छोराछोरी र बाहिरबाट आउने नयाँ कलाकार) को विषयमा चर्को बहस भएको छ ।

अस्कर विजेता संगीत निर्देशक एआर रहमानलाई कम काम गर्ने कारणका बारेमा सोध्दा उनले बलिउडमा एउटा ठूलो ग्याङले आफूविरुद्ध अफवाह फैलाएको बताएका हुन् ।

‘म राम्रा फिल्म रिजेक्ट गर्दिनँ तर एक ग्याङ छ, जसले मेरो बारेमा अफवाह फैलाइरहेको छ,’ उनले भने ।

‘मुकेश छाबडा मेरो सम्पर्कमा आए, त्यतिबेला मैले उनलाई केही गीत दिएँ,’ रहमानले भने, ‘उनले सुनाए कि, सर केही व्यक्तिले तपाईंसँग नआउन भने ।’

मुकेशले अन्य किस्सा सुनाएको पनि रहमानले दाबी गरे ।

त्यसपछि आफूले किन काम मिलिरहेको छैन भनेर बुझेको उनले बताए । रहमानले सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ मा पनि संगीत दिएका छन् ।

‘मान्छेले मलाई काम गरेको देख्न चाहन्छन् तर यस्तो पनि ग्याङ छ, जसले मलाई काम गर्न दिइरहेका छैनन्, खैर मेरो विश्वास भाग्यमा छ,’ संगीतकार रहमानले भने, ‘म मान्छु कि, सबै कुरा भगवानमा हुन्छ, तपाईंहरु काम गराउन सबै मेरो सम्पर्कमा आउन सक्नुहुन्छ ।’

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १ : ०३ बजे

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको