चोरको नयाँ शैली : स्कुटरको डिकीबाट पैसा गायब ! | Khabarhub Khabarhub

चोरको नयाँ शैली : स्कुटरको डिकीबाट पैसा गायब !


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठामाडौं । दुई पांग्रे सवारीको डिकीमा पैसा या कुनै सामान राखेर हिँड्नु भएको छ ? सावधान !! तपाईको सामान हराउन सक्छ ।

अहिले पार्किङ या अन्य कुनै स्थानमा राखिएका दुई पांग्रे सवारीका डिकीबाट सामान हराउन थालेका छन् । अहिले स्कुटरको डिकीबाट रकम चोरी हुने गरेको नयाँ रहस्य खुलेको छ ।

महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको टोलीले स्कुटरको डिकीमा राखेको पैसा झिकेको आरोपमा एक जनालाई पक्राउ गरेसँगै स्कुटरबाट रकम चोरी हुने नयाँ रहस्य खुलेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार, स्कुटरको डिकीबाट रकम चोरी भएको उजुरी पछि खोजतलास गर्दा मोरङका शोभित कार्की पक्राउ परेका हुन् ।

पक्राउ परेका कार्कीको साथबाट प्रहरीले ४२ वटा विभिन्न गाडी तथा मोटरसाइकलको मास्टर चाबीसमेत फेला पारेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, कार्कीले चाबीको प्रयोग गरेर गाडी तथा स्कुटरमा भएको पैसा तथा धनमाल चोरी गर्ने गरेका थिए ।

प्रहरीका अनुसार उनले साउन ७ गते एक पूर्वप्रहरी अधिकृतका छोराको स्कुटरको डिकी खोली एकलाख रुपैयाँ चोरी गरेका थिए । उनीविरुद्ध चोरी सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  २ : ३० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई