चोरको नयाँ शैली : स्कुटरको डिकीबाट पैसा गायब ! « Khabarhub

चोरको नयाँ शैली : स्कुटरको डिकीबाट पैसा गायब !


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठामाडौं । दुई पांग्रे सवारीको डिकीमा पैसा या कुनै सामान राखेर हिँड्नु भएको छ ? सावधान !! तपाईको सामान हराउन सक्छ ।

अहिले पार्किङ या अन्य कुनै स्थानमा राखिएका दुई पांग्रे सवारीका डिकीबाट सामान हराउन थालेका छन् । अहिले स्कुटरको डिकीबाट रकम चोरी हुने गरेको नयाँ रहस्य खुलेको छ ।

महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको टोलीले स्कुटरको डिकीमा राखेको पैसा झिकेको आरोपमा एक जनालाई पक्राउ गरेसँगै स्कुटरबाट रकम चोरी हुने नयाँ रहस्य खुलेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार, स्कुटरको डिकीबाट रकम चोरी भएको उजुरी पछि खोजतलास गर्दा मोरङका शोभित कार्की पक्राउ परेका हुन् ।

पक्राउ परेका कार्कीको साथबाट प्रहरीले ४२ वटा विभिन्न गाडी तथा मोटरसाइकलको मास्टर चाबीसमेत फेला पारेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, कार्कीले चाबीको प्रयोग गरेर गाडी तथा स्कुटरमा भएको पैसा तथा धनमाल चोरी गर्ने गरेका थिए ।

प्रहरीका अनुसार उनले साउन ७ गते एक पूर्वप्रहरी अधिकृतका छोराको स्कुटरको डिकी खोली एकलाख रुपैयाँ चोरी गरेका थिए । उनीविरुद्ध चोरी सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  २ : ३० बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा