वितरक र हलवालाले अझै पैसा दिएका छैनन् भन्न पनि लाज भइसक्यो: ‘छ माया छपक्कै’ निर्माता « Khabarhub

वितरक र हलवालाले अझै पैसा दिएका छैनन् भन्न पनि लाज भइसक्यो: ‘छ माया छपक्कै’ निर्माता


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गतवर्षको दशैंमा रिलिज भएर १८ करोड ग्रस कलेक्सन गरेको फिल्म ‘छ माया छपक्कै’ का निर्माताले वितरक र हलवालाले अझैसम्म पनि दिनुपर्ने शेयर नदिएको बताएका छन् ।

निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमार्फत फेसबूकमार्फत वितरक र हलवालाले अझैसम्म पनि शेयरबाट पाउनुपर्ने रकम नदिएको बताएका हुन् ।

‘असोज २०७६ मा नगदमा चलाएको हाम्रो चलचित्रको पैसा आझै पाएका छैनौं, वितरक र हलवालहरुले अझै दिएका छैनन् भन्न पनि लाज भइसक्यो,’ निर्माता अधिकारीले भने ।

उनले निर्मातालाई वितरक र हलवालाले शोषण गरेको आरोप लगाएका छन् । यसअघि पनि उनले हलवालाले फिल्म चलाएर पैसा नदिएको बताउँदै आएका थिए ।

‘वितरकलाई कमिसनको मात्र मतलब हो ?,’ उनले प्रश्न गरे ।

निर्माता अधिकारीका अनुसार वितरक र हलवालाले कोरोनाको कारण देखाएर पैसा दिएका छैनन् । जबकि, दशैंका बेला कोरोनाले कुनै फिल्मलाई पनि प्रभावित गरेको थिएन ।

उनले देशभरबाट २ करोडभन्दा बढी रकम लिन बाँकी रहेको समेत बताए । राजधानीका मल्टिप्लेक्स र सिंगल हलले पनि माघसम्म बुझाउनुपर्ने पारिश्रमिक अझै बुझाएका छैनन् ।

नाफा कमाइ गरेको फिल्मले पनि १० महिनासम्म पनि रकम नदिएको विषयमा फिल्मका निर्देशक दीपेन्द्र लामाले निर्माता अधिकारीलाई चलचित्र कलाकार संघमा निवेदन दिन सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘नेपाल चलचित्र संघमा निवेदन दिनुस् । त्यहाँ पनि भएन भने कानुनी उपचारमा जानुस् । दर्शकसँग हाकाहाकी पैसा लिने अनि निर्मातालाई महिनौं झुलाउने भन्ने हुन्छ र ?’

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ३ : ५७ बजे

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही