वितरक र हलवालाले अझै पैसा दिएका छैनन् भन्न पनि लाज भइसक्यो: ‘छ माया छपक्कै’ निर्माता « Khabarhub

वितरक र हलवालाले अझै पैसा दिएका छैनन् भन्न पनि लाज भइसक्यो: ‘छ माया छपक्कै’ निर्माता


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गतवर्षको दशैंमा रिलिज भएर १८ करोड ग्रस कलेक्सन गरेको फिल्म ‘छ माया छपक्कै’ का निर्माताले वितरक र हलवालाले अझैसम्म पनि दिनुपर्ने शेयर नदिएको बताएका छन् ।

निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमार्फत फेसबूकमार्फत वितरक र हलवालाले अझैसम्म पनि शेयरबाट पाउनुपर्ने रकम नदिएको बताएका हुन् ।

‘असोज २०७६ मा नगदमा चलाएको हाम्रो चलचित्रको पैसा आझै पाएका छैनौं, वितरक र हलवालहरुले अझै दिएका छैनन् भन्न पनि लाज भइसक्यो,’ निर्माता अधिकारीले भने ।

उनले निर्मातालाई वितरक र हलवालाले शोषण गरेको आरोप लगाएका छन् । यसअघि पनि उनले हलवालाले फिल्म चलाएर पैसा नदिएको बताउँदै आएका थिए ।

‘वितरकलाई कमिसनको मात्र मतलब हो ?,’ उनले प्रश्न गरे ।

निर्माता अधिकारीका अनुसार वितरक र हलवालाले कोरोनाको कारण देखाएर पैसा दिएका छैनन् । जबकि, दशैंका बेला कोरोनाले कुनै फिल्मलाई पनि प्रभावित गरेको थिएन ।

उनले देशभरबाट २ करोडभन्दा बढी रकम लिन बाँकी रहेको समेत बताए । राजधानीका मल्टिप्लेक्स र सिंगल हलले पनि माघसम्म बुझाउनुपर्ने पारिश्रमिक अझै बुझाएका छैनन् ।

नाफा कमाइ गरेको फिल्मले पनि १० महिनासम्म पनि रकम नदिएको विषयमा फिल्मका निर्देशक दीपेन्द्र लामाले निर्माता अधिकारीलाई चलचित्र कलाकार संघमा निवेदन दिन सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘नेपाल चलचित्र संघमा निवेदन दिनुस् । त्यहाँ पनि भएन भने कानुनी उपचारमा जानुस् । दर्शकसँग हाकाहाकी पैसा लिने अनि निर्मातालाई महिनौं झुलाउने भन्ने हुन्छ र ?’

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ३ : ५७ बजे

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा