अमेरिकी राजदूतले राखे उपप्रधानमन्त्रीलाई भेटेर एमसीसीबारे चासो « Khabarhub

अमेरिकी राजदूतले राखे उपप्रधानमन्त्रीलाई भेटेर एमसीसीबारे चासो


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि चर्चामा रहेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अमेरिकाले चासो व्यक्त गरेको छ ।

आइतवार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटका क्रममा अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसीबारे चासो व्यक्त गरेका हुन् ।

सत्तारुढ दल नेकपाका नेताहरुबीच एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा मत बाझिँदै आएको छ । यसैबीच बेरीले रक्षामन्त्री पोखरेललाई भेटेर एमसीसीबारे चासो राखेका हुन् ।

रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारका अनुसार पोखरेलसँगको भेटमा राजदूत बेरीले अन्य देशहरुबाट एमसीसी सहयोग माग भइरहेका बेला नेपालले किन ढिला गरेको हो भनेर चासो राखेका थिए ।

एमसीसी गत जेठ १६ गतेभित्र नै संसदबाट पारित गरिसक्नुपर्ने थियो । उक्त मितिभित्र पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले जानकारी लिएको बताइएको छ ।

रक्षामन्त्री पोखरेलले एमसीसीबारे अझै छलफल चलिरहेकाले अनुमोदन गर्न ढिला भएको बताएका थिए ।

राजदूत बेरीले छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण फैलिएका बेला नेपालमा लकडाउन खुलाइएकोबारे पनि चासो राखेका थिए ।

रक्षामन्त्री पोखरेलले अवस्था हेरेर स्थानीय प्रशासनले पनि लकडाउन गर्न सक्ने बताएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : १९ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा