अनुहार हेरेर कोरोना संक्रमित छुट्याउन सकिदैन, सचेत बनौं : डा गौतम « Khabarhub

अनुहार हेरेर कोरोना संक्रमित छुट्याउन सकिदैन, सचेत बनौं : डा गौतम


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणको जोखिम कायमै रहेको बताएका छन् ।

मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत डा गौतमले नेपालमा कोरोना संक्रमणको जोखिम कायमै रहेको बताएका हुन् ।

मानिसको अनुहार हेरेर कोरोना संक्रमित छुट्याउन नसकिने भन्दै कोरोनाबाट बच्न सचेत रहनुपर्ने डा गौतमले बताए ।

“हाम्रो देशमा दिनहुँ कोरोना संक्रमित केसहरु आइरहेका छन्, अहिले पनि कोरोना संक्रमणको जोखिम यथावत नै रहेको छ,” डा गौतमले भने, “अनुहार हेरेर कसलाई कोरोना छ वा छैन भन्न सकिदैन, कतिपय संक्रमितहरुमा त लक्षण पनि देखिदैन त्यसैले हामी सबैले सावधानी अपनाउन जरुरी छ ।”

डा गौतमले नेपालीहरु हवाई तथा स्थल मार्ग हुँदै स्वदेश फर्किरहेकाहरुलाई सरकारी वा होम क्वारेन्टिनमा १४ दिन अनिवार्य बस्न पनि आग्रह गरेका छन् ।

उनले क्वारेन्टिन सेन्टरमा बस्दा घर परिवारले सहयोग गर्नुपर्ने पनि बताए । उनले घरमै क्वारेन्टिनमा बस्दा सकेसम्म छुट्टै कोठामा बस्ने, यदि सम्भव नभएमा अरु व्यक्तिसँग कम्तिमा २ मिटर टाढा बस्ने, स्वास्थ्य उपचारका लागि बाहेक अन्य समयमा घर बाहिर ननिस्कन पनि उनले आग्रह गरेका छन् ।

डा गौतमले स्वास्थ्यसंस्था जानुपर्दा सार्वजनिक यातायात प्रयोग नगर्न पनि आग्रह गरेका छन् । क्वारेन्टिनमा रहेका व्यक्ति अस्पतालमा जानुपर्ने भएमा अनिवार्य मास्कको प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिनुका साथै अन्य सामाग्रीहरु पनि अन्य व्यक्तिसँग साट्न नहुने र क्वारेन्टिनमा बसेको व्यक्तिले आफूले प्रयोग गरेका सामग्री आफैले धुनुपर्ने पनि बताए ।

क्वारेन्टिमा बसेको व्यक्तिले नाक मुख, आँखामा हात लान नहुने र समय समयमा साबुन पानी वा स्यानिटाइजरले हात सफा गर्नुपर्ने पनि बताए ।

यस्तै खोक्दा तथा हाच्छिउ गर्दा कुइना वा टिस्यू पेपरको प्रयोग गर्न पनि डा गौतमले सुझाव दिए ।

उनले क्वारेन्टिनमा बसेका व्यक्तिले सम्भव भएसम्म छुट्टै शौचालयको प्रयोग गर्ने, यदि सम्भव नभएमा शौच गरिसकेपछि सफा गर्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ६ : ०२ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि