अनुहार हेरेर कोरोना संक्रमित छुट्याउन सकिदैन, सचेत बनौं : डा गौतम | Khabarhub Khabarhub

अनुहार हेरेर कोरोना संक्रमित छुट्याउन सकिदैन, सचेत बनौं : डा गौतम


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणको जोखिम कायमै रहेको बताएका छन् ।

मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत डा गौतमले नेपालमा कोरोना संक्रमणको जोखिम कायमै रहेको बताएका हुन् ।

मानिसको अनुहार हेरेर कोरोना संक्रमित छुट्याउन नसकिने भन्दै कोरोनाबाट बच्न सचेत रहनुपर्ने डा गौतमले बताए ।

“हाम्रो देशमा दिनहुँ कोरोना संक्रमित केसहरु आइरहेका छन्, अहिले पनि कोरोना संक्रमणको जोखिम यथावत नै रहेको छ,” डा गौतमले भने, “अनुहार हेरेर कसलाई कोरोना छ वा छैन भन्न सकिदैन, कतिपय संक्रमितहरुमा त लक्षण पनि देखिदैन त्यसैले हामी सबैले सावधानी अपनाउन जरुरी छ ।”

डा गौतमले नेपालीहरु हवाई तथा स्थल मार्ग हुँदै स्वदेश फर्किरहेकाहरुलाई सरकारी वा होम क्वारेन्टिनमा १४ दिन अनिवार्य बस्न पनि आग्रह गरेका छन् ।

उनले क्वारेन्टिन सेन्टरमा बस्दा घर परिवारले सहयोग गर्नुपर्ने पनि बताए । उनले घरमै क्वारेन्टिनमा बस्दा सकेसम्म छुट्टै कोठामा बस्ने, यदि सम्भव नभएमा अरु व्यक्तिसँग कम्तिमा २ मिटर टाढा बस्ने, स्वास्थ्य उपचारका लागि बाहेक अन्य समयमा घर बाहिर ननिस्कन पनि उनले आग्रह गरेका छन् ।

डा गौतमले स्वास्थ्यसंस्था जानुपर्दा सार्वजनिक यातायात प्रयोग नगर्न पनि आग्रह गरेका छन् । क्वारेन्टिनमा रहेका व्यक्ति अस्पतालमा जानुपर्ने भएमा अनिवार्य मास्कको प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिनुका साथै अन्य सामाग्रीहरु पनि अन्य व्यक्तिसँग साट्न नहुने र क्वारेन्टिनमा बसेको व्यक्तिले आफूले प्रयोग गरेका सामग्री आफैले धुनुपर्ने पनि बताए ।

क्वारेन्टिमा बसेको व्यक्तिले नाक मुख, आँखामा हात लान नहुने र समय समयमा साबुन पानी वा स्यानिटाइजरले हात सफा गर्नुपर्ने पनि बताए ।

यस्तै खोक्दा तथा हाच्छिउ गर्दा कुइना वा टिस्यू पेपरको प्रयोग गर्न पनि डा गौतमले सुझाव दिए ।

उनले क्वारेन्टिनमा बसेका व्यक्तिले सम्भव भएसम्म छुट्टै शौचालयको प्रयोग गर्ने, यदि सम्भव नभएमा शौच गरिसकेपछि सफा गर्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ६ : ०२ बजे

बार्सिलोनाका युवा स्टार लामिनमा चोटको समस्या अझै

काठमाडौं – बार्सिलोनाका युवा स्टार लामिन यामालको चोटप्रति मुख्य प्रशिक्षकले

आज कार्तिक शुक्ल चतुर्दशी : वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौं– प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी

प्रिमियर लिग : अग्रता जोगाउन नसक्दा सुन्दरल्याण्डसँग एभर्टन बराबरीमा रोकियो

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टन

विश्वकप लिग-२: घरेलु मैदानमा अमेरिकासँग यूएईको लज्जास्पद पराजय, ४९ रनमा अलआउट

काठमाडौं – आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबारको खेलमा घरेलु मैदानमा

इजरायलका मजदुर युनियनमा भ्रष्टाचार : अनुसन्धान भइरहेको प्रहरीको दाबी

जेरुसलेम – इजरायली प्रहरीले मजदुर युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौं व्यक्तिलाई