सप्तरीमा एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि « Khabarhub

सप्तरीमा एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

आइतबार न्यायाधीश, एक जना प्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि उच्च सरकारी वकिल कार्यालयका प्रमुखमा कोरोना संक्रमणको पुष्टि भएपछि वकिलको कार्यालय, अदालतका न्यायाधीश र कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा न्यायाधीशमा संक्रमण देखिएको हो ।

आइतबारसम्म सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

सप्तरीमा कोरोना संक्रमण फैलिएपछि सदरमुकाम राजविराज नगरपालिकामा लकडाउन गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ६ : १८ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि