वडाध्यक्षलाई कार्यकक्षमै कुटपिट गर्ने समूहका ६ पक्राउ « Khabarhub

वडाध्यक्षलाई कार्यकक्षमै कुटपिट गर्ने समूहका ६ पक्राउ


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कार्यकक्षमै कुटपिट गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार पक्राउ पर्नेमा नारद ठगुन्ना, विनोद ठगुन्ना, वसन्त ठगुन्ना, मानसिंह ठगुन्ना, नवीन ठगुन्ना र आनन्द ठगुन्ना रहेका छन् । वडाध्यक्षको किटानी जाहेरीका आधारमा छ जनालाई सोधपुछका लागि पक्राउ गरिएको उनले बताए ।

वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण र राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको कार्य भइरहेका बेला नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापतिको नेतृत्वमा गएको समूहले वडाध्यक्षमाथि कुटपिट गर्नाका साथै कार्यकक्षमा तोडफोडसमेत गरेको थियो ।

पक्राउ परेकाहरुको रिहाइको माग गर्दै नेपाली काँग्रेसका कार्यकर्ताले इलाका प्रहरी कार्यालय झलारी घेराउ गर्नाका साथै झलारी बजारमा टायर बालेका छन् ।

वडाध्यक्ष महरालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल लगिएको छ ।

नेकपा शुक्लाफाँटा नगरकमिटी र शुक्लाफाँटा नगर कार्यपालिकाले छुट्टाछुट्टै रुपमा विज्ञप्ति जारी गरी दोषीमाथि अविलम्ब कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ५४ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको