वडाध्यक्षलाई कार्यकक्षमै कुटपिट गर्ने समूहका ६ पक्राउ « Khabarhub

वडाध्यक्षलाई कार्यकक्षमै कुटपिट गर्ने समूहका ६ पक्राउ


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कार्यकक्षमै कुटपिट गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार पक्राउ पर्नेमा नारद ठगुन्ना, विनोद ठगुन्ना, वसन्त ठगुन्ना, मानसिंह ठगुन्ना, नवीन ठगुन्ना र आनन्द ठगुन्ना रहेका छन् । वडाध्यक्षको किटानी जाहेरीका आधारमा छ जनालाई सोधपुछका लागि पक्राउ गरिएको उनले बताए ।

वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण र राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको कार्य भइरहेका बेला नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापतिको नेतृत्वमा गएको समूहले वडाध्यक्षमाथि कुटपिट गर्नाका साथै कार्यकक्षमा तोडफोडसमेत गरेको थियो ।

पक्राउ परेकाहरुको रिहाइको माग गर्दै नेपाली काँग्रेसका कार्यकर्ताले इलाका प्रहरी कार्यालय झलारी घेराउ गर्नाका साथै झलारी बजारमा टायर बालेका छन् ।

वडाध्यक्ष महरालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल लगिएको छ ।

नेकपा शुक्लाफाँटा नगरकमिटी र शुक्लाफाँटा नगर कार्यपालिकाले छुट्टाछुट्टै रुपमा विज्ञप्ति जारी गरी दोषीमाथि अविलम्ब कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ५४ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य