आगामी अक्टोबरदेखि अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गर्ने तयारीमा थाइल्यान्ड « Khabarhub

आगामी अक्टोबरदेखि अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गर्ने तयारीमा थाइल्यान्ड


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । आगामी जाडोयाममा भ्रमणका लागि जान चाहनेहरुलाई थाइल्यान्डले पूर्ण स्वागत गर्ने बताएको छ । आधिकारिक जानकारी अनुसार अक्टोबरबाटै देशमा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई भित्र्याउन सुरु गरिनेछ जसमा सबै आगन्तुकहरुले केही निश्चित नियम कानुनको भने पालना गर्नुपर्ने हुन्छ ।

सबैभन्दा पहिले पर्यटकहरु एकदुई दिन नभएर थाइल्यान्डमा केही हप्ताका लागि भ्रमण गर्न तयार हुनुपर्छ भने पहिले नै निर्धारित गरिएका स्थलमा सिमित रहनुपर्नेछ । गत हप्ता आयोजित एक सार्वजानिक फोरममा थाइल्यान्डका पर्यटन मन्त्रीले ‘सेफ एण्ड सिल्ड’ नामक सुरक्षित नीतिगत कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय पर्यटकहरुलाई भित्र्याउने योजना रहेकाबारे जानकारी दिएका हुन् । यसलाई आगामी अक्टोबर १ देखि नै लागू गरि पर्यटकहरुलाई भ्रमणको अनुमति दिन आफूले प्रधानमन्त्री समक्ष स्वीकृतिका प्रस्ताव गरेको उनले बताएका छन् ।

सुरुवातमा पर्यटकहरु केबल फुकेटसम्मको उडान भर्न पाउनेछन् जुन थाइल्यान्डको सबैभन्दा ठूलो टापु हो र त्यहाँ पुगेर १४ दिनसम्म निर्धारित रिसोर्टमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । मन्त्रीले पतोङ बिच को उदाहरण दिँदै यो कार्यक्रम त्यस किसिमको ठाउँमा प्रभावकारी हुने बताएका हुन् जसमा एक किलोमिटरको क्षेत्रफलमा तीनदेखि चारवटा सम्म रिसोर्ट तयार राखिने उनले बताए । यसमार्फत पर्यटकहरुले समुद्र किनारमा आरामदायक समय बिताउन पाउनेछन् । साथै क्वारेन्टिनको सुरुवात र अन्त्यमा गरि दुईपटकसम्म पर्यटकहरुको कोभिड परीक्षण गरिनेछ । क्वारेन्टिन अन्त्य हुँदासम्म नतिजा पोजेटिभ नआए उनीहरु टापुभर स्वतन्त्र रुपमा घुमफिर गर्न पाउनेछन् ।

तर फुकेट बाहेकका अन्य गन्तव्यमा पनि जान चाहनेहरुले चाहिँ थप सात दिन अतिरिक्त क्वारेन्टिनमा बस्नुपर्ने र २१ दिनपछिको कोभिड नतिजा नेगेटिभ आएमा मात्र घुम्न पाउने उनको भनाइ छ । यसैगरी ती क्षेत्रमा अवस्थित होटलका कर्मचारीहरुलाई पनि क्वारेन्टिनमा नबसी र नियमित परीक्षण नगराएसम्म निर्धारित स्थलबाट बाहिरिने अनुमति दिइनेछैन । यसरी भाइरस फैलिनबाट जोगाउन सकिने उनले बताएका हुन् ।

पर्यटन आयोगका गर्भनर युथसाक सुपासोमले संचार माध्यम सिएनएनसँग बताए अनुसार धेरै हद्सम्म यो योजना स्वीकृत भइसकेको छ र अबको अर्को कदममा स्थानीयहरुबाट अनुमति लिनुपर्ने हुन्छ । यस सम्बन्धी सार्वजानिक सुनुवाइ सेम्पटेम्बरको सुरुवातमै थालिने अपेक्षा गरिएको छ ।

अन्य थुप्रै मुलुकहरु जसरी पर्यटनमै अधिक निर्भर भएकाले थाइल्यान्डको अर्थतन्त्र पनि कोभिका कारण नराम्ररी प्रभावित भएको छ । देशको कूल घरेलु आयमा १५ प्रतिशत पर्यटन क्षेत्रकै योगदान रहने गरेको छ । र थाइल्यान्डमा विगत तीन महिनादेखि सामुदायिक संक्रमण फेला परेको छैन । जसकारण नै पर्यटन क्षेत्र छिटै पुनःसुचारु गर्न सकिने आशा गरिएको छ । सीएनएनबाट

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ५ : ४५ बजे

इरान–अमेरिका–इजरायललाई वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह

जेनेभा – संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार

निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैन : आयोग

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग

इरानी रक्षामन्त्री र आईआरजीसीका कमाण्डर मारिएको इजरायली दाबी

काठमाडौं– अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलामा परी इरानका

इरानी सर्वोच्च नेताको अवस्था अज्ञात, घाइते भएको हुनसक्ने इजरायली आशङ्का

काठमाडौं– अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलापछि इरानका सर्वोच्च