विश्वभर एकैदिन २ लाख ३९ हजार संक्रमित थपिए, ५ हजार ८२७ को मृत्यु « Khabarhub

विश्वभर एकैदिन २ लाख ३९ हजार संक्रमित थपिए, ५ हजार ८२७ को मृत्यु


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –विश्वभर एकैदिन २ लाख ३९ हजार ६९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसबाट कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४२ हजार ६९४ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार ८२७ को मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २२ हजार ४९९ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६५ लाख ९१ हजार ३३८ जना संक्रमण मुक्त भएका छन् । विश्वका सक्रिय संक्रमितको संख्या ६६ लाख २८ हजार ८५७ छ । उनीहरु मध्ये ६१ हजार ७१९ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ९७० जनाको मृत्यु भएको छ । ३४ लाख ७ हजार ३३३ जना संक्रमित भएकोमा २० लाख ३ हजार ६३१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६१ हजार ७३३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७० लाख ३७ हजार २२९ पुगेको छ । त्यसमध्ये ३९ लाख ८६ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३३ हजार ३०७ जनाको मृत्यु भएको छ । ६४ लाख ७५ हजार ६८९ जना संक्रमित भएकोमा ५१ लाख ६१ हजार २४५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९२ हजार ५८८ जनाको मृत्यु भएको छ । ५८ लाख ८६ हजार ५१४ जना संक्रमित भएकोमा ४४ लाख ८३ हजार ६३२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ३३४ जनाको ज्यान गएको छ भने १२ लाख ७ हजार ६२३ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ३४ हजार १९२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५५२ जनाको मृत्यु भएको छ । २७ हजार ५८५ जना संक्रमित भएकोमा २१ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ६ : ४१ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,