विश्वभर एकैदिन २ लाख ३९ हजार संक्रमित थपिए, ५ हजार ८२७ को मृत्यु « Khabarhub

विश्वभर एकैदिन २ लाख ३९ हजार संक्रमित थपिए, ५ हजार ८२७ को मृत्यु


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –विश्वभर एकैदिन २ लाख ३९ हजार ६९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसबाट कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४२ हजार ६९४ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार ८२७ को मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २२ हजार ४९९ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६५ लाख ९१ हजार ३३८ जना संक्रमण मुक्त भएका छन् । विश्वका सक्रिय संक्रमितको संख्या ६६ लाख २८ हजार ८५७ छ । उनीहरु मध्ये ६१ हजार ७१९ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ९७० जनाको मृत्यु भएको छ । ३४ लाख ७ हजार ३३३ जना संक्रमित भएकोमा २० लाख ३ हजार ६३१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६१ हजार ७३३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७० लाख ३७ हजार २२९ पुगेको छ । त्यसमध्ये ३९ लाख ८६ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३३ हजार ३०७ जनाको मृत्यु भएको छ । ६४ लाख ७५ हजार ६८९ जना संक्रमित भएकोमा ५१ लाख ६१ हजार २४५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९२ हजार ५८८ जनाको मृत्यु भएको छ । ५८ लाख ८६ हजार ५१४ जना संक्रमित भएकोमा ४४ लाख ८३ हजार ६३२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ३३४ जनाको ज्यान गएको छ भने १२ लाख ७ हजार ६२३ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ३४ हजार १९२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५५२ जनाको मृत्यु भएको छ । २७ हजार ५८५ जना संक्रमित भएकोमा २१ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ६ : ४१ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ