काभ्रेमा थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल « Khabarhub

काभ्रेमा थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र वर्ष २६ का एक पुरुष गरी तीन, पनौती नगरपालिकाका वर्ष ३९ र ४० का दुई महिला, वर्ष २०, ३२, ४० र ५५ का पुरुष गरी छ, बनेपा नगरपालिकाका वर्ष चारका एक बालकसहित ५९ वर्षको पुरुष र वर्ष नौ, २८, ३२ र ६० का महिला गरी छ, मण्डनदेउपुर नगरपालिका घर भई भुम्लु गाउँपालिकामा कार्यरत वर्ष ३३ का स्वाथ्यकर्मी महिला र मण्डनदेउपुर नगरपालिकाकै वर्ष ४९ का एक महिला रहेको डा झाले बताए ।

यसअघि शनिबार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैँसेपाटीमा कार्यरत कर्मचारी र उपचाररत बिरामी गरी २३ र धुलिखेल अस्पतालमा कार्यरत १२ कर्मचारीमा गरी ३५ जनामा एकै दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसहित काभ्रेपलाञ्चोक जिल्लामा सङ्क्रमितको सङ्ख्या १६२ पुगेको छ । तीमध्ये आजसम्म ६३ जना निको भएर घर फर्किसकेका छन् भने ९७ व्यक्ति विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–८ मा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पूरै वडा क्षेत्र सिल गर्नुका साथै गाउँपालिकाबाट हुने सेवाप्रवाहसमेत अनिश्चितकालका लागि बन्द गरिएको छ । पालिकाभित्रमा थप सङ्क्रमण फैलिन नदिन भुम्लु गाउँपालिकाले मङ्गलबारबाट अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगाईंले बताए ।

प्रमुख प्रशासकीय अधिकृत बजगाईँका अनुसार पालिकाको वडा नं ६, ८ र १० का बासिन्दा र गाउँपालिकाका कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएकाले बाँकी समुदायमा समेत सङ्क्रमण फैलन सक्ने सम्भावना रहेकाले मङ्गलबारबाट अनिश्चितकालका लागि कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको बताए । सो पालिकाको वडा नं ८ मा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा क्षेत्र पूरै सिल गरिएको छ ।

पालिकाको मङ्गलबार बसेको बैठकको निर्णयले मङ्गलबार राति १२ बजेबाट अर्को सूचना नभएसम्मका लागि वडा नं ८ को पूरै क्षेत्र सिल गरेको प्रमुख प्रशासकीय अधिकृत बजगाईँले बताए । वडा पूरै सिल गरेपछि वडा नं ८ को भुम्लुटार स्वास्थ्यचौकी तथा स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने सेवासमेत बन्द गरेको जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १० : ०० बजे

जुम्लामा नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च, विकास आयोजनाको प्रगति कमजोर

जुम्ला– चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा जुम्लामा पुँजीगत

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम

सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने देउवा पक्षका नेताहरुको निष्कर्ष

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले सर्वोच्च अदालतको

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत– पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको