क्यान्सरको उपचारका लागि न्यूयोर्क जाँदै सञ्जय दत्त « Khabarhub

क्यान्सरको उपचारका लागि न्यूयोर्क जाँदै सञ्जय दत्त


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार सञ्जय दत्त क्यान्सरसँग जुधिरहेका छन् । उनी आफैले केही समयअघि यसबारे जानकारी दिएका थिए ।

सञ्जयले आफ्नो शुरुवाती उपचार मुम्बईकै एक अस्पतालमा गराएका छन् । अब उनी थप उपचारका लागि अमेरिका जाने चर्चा चलेको छ ।

खबरका अनुसार अमेरिकामा उनको उपचार आफ्नी आमा नगरिसलाई उपचार गराइएको अस्पतालमा गरिनेछ । क्यान्सर भएको थाहा पाएपछि सञ्जयले अमेरिकाको भिसाका लागि आवेदन दिएका थिए ।

शुरुमा उनलाई भिसा पाउन मुस्किल भएको थियो । किनकि, सञ्जयल सन् १९९३ मा भएको ब्लास्ट काण्डमा मुछिएका छन् ।

अब भने अमेरिकाले सञ्जयलाई ५ वर्षको भिसा दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । केही समयपछि सञ्जय आफ्नी पत्नी मान्यता र बहिनी प्रियासँग उपचारका लागि न्यूयोर्क जाने बताइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १० : ५५ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी