क्यान्सरको उपचारका लागि न्यूयोर्क जाँदै सञ्जय दत्त « Khabarhub

क्यान्सरको उपचारका लागि न्यूयोर्क जाँदै सञ्जय दत्त


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार सञ्जय दत्त क्यान्सरसँग जुधिरहेका छन् । उनी आफैले केही समयअघि यसबारे जानकारी दिएका थिए ।

सञ्जयले आफ्नो शुरुवाती उपचार मुम्बईकै एक अस्पतालमा गराएका छन् । अब उनी थप उपचारका लागि अमेरिका जाने चर्चा चलेको छ ।

खबरका अनुसार अमेरिकामा उनको उपचार आफ्नी आमा नगरिसलाई उपचार गराइएको अस्पतालमा गरिनेछ । क्यान्सर भएको थाहा पाएपछि सञ्जयले अमेरिकाको भिसाका लागि आवेदन दिएका थिए ।

शुरुमा उनलाई भिसा पाउन मुस्किल भएको थियो । किनकि, सञ्जयल सन् १९९३ मा भएको ब्लास्ट काण्डमा मुछिएका छन् ।

अब भने अमेरिकाले सञ्जयलाई ५ वर्षको भिसा दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । केही समयपछि सञ्जय आफ्नी पत्नी मान्यता र बहिनी प्रियासँग उपचारका लागि न्यूयोर्क जाने बताइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १० : ५५ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का