प्रमोदको कविता – म बन्द कोठाभित्र थुनिएको छु « Khabarhub

प्रमोदको कविता – म बन्द कोठाभित्र थुनिएको छु


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका बेला धेरै सेलीब्रेटी फुर्सदिला बने । गायक प्रमोद खरेल पनि लकडाउनका कारण घरमै सीमित रहे । अरु बेला भए प्रमोदले एकपछि अर्को स्टेज प्रस्तुति दिएका हुन्थे ।

तर, लकडाउनका कारण उनी घरमै‍ सीमित भएका छन् । उनले उक्त परिवेशलाई कवितामार्फत प्रस्तुत गरेका छन् ।

यसपटकको हरितालिका तीजमा प्रमोदले पत्नीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आफू व्रत बसेको बताएका थिए ।

लोकप्रिय गायक प्रमोदले यतिबेला भने कविता कोरेका छन् । उनले कवितामा देशको अवस्था र चिन्तित नागरिकलाई चित्रण गरेका छन् । खरेलले कवितामा सत्ताका लागि हुने लुछाचुँडीप्रति व्यङ्ग्य गरेका छन् ।

‘म बन्द कोठा भित्र थुनिएको छु, डर र त्रासले छटपटिँदै, सुनौला दिनको सपनामा उनिएको छु, जीवनको घाम चर्किएको छ, सकस र अभाव मैतिर फर्किएको छ,’ प्रमोद कवितामार्फत भन्छन् ।

यस्तो छ प्रमोदको कविता:

म बन्द कोठाभित्र थुनिएको छु
डर र त्रासले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
जीवनको घाम चर्किएको छ, सकस र अभाव मैं तिर फर्किएको छ
मेटाउन खोज्दैछ शक्तिशाली खेलले
बगाउन खोज्दैछ महामारी को भेलले
घॉटी घॉटी पानीमा डुब्दै डुंगा पछाडी झुण्डिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु…
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु…
पुर्खा को इतिहास किताबमा सिमित राखेर
पराधिन छु त्यसै पनि
कसैले ओखती बनाइदिए गर्व गर्ने छन् यहॉ
कसैका आविष्कार र उन्नतीमा बहस गर्न आतुर छन् यहॉ
देश र जनताको नामको पर्चा छर्छन् यहॉ
दुनो सोझ्याउनु त छ सबैलाइ
भ्रस्टचार र भागवण्डा ले पेट भर्छन् यहॉ
जीन्दगी बन्दगी राखेर सास फेर्नेहरु
सिटामोल को अभावले मर्छन यहॉ
म बन्द परिवेश भित्र थुनिएको छु
डर र त्रास ले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु…
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु…

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १ : २० बजे

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको