प्रमोदको कविता – म बन्द कोठाभित्र थुनिएको छु « Khabarhub

प्रमोदको कविता – म बन्द कोठाभित्र थुनिएको छु


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका बेला धेरै सेलीब्रेटी फुर्सदिला बने । गायक प्रमोद खरेल पनि लकडाउनका कारण घरमै सीमित रहे । अरु बेला भए प्रमोदले एकपछि अर्को स्टेज प्रस्तुति दिएका हुन्थे ।

तर, लकडाउनका कारण उनी घरमै‍ सीमित भएका छन् । उनले उक्त परिवेशलाई कवितामार्फत प्रस्तुत गरेका छन् ।

यसपटकको हरितालिका तीजमा प्रमोदले पत्नीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आफू व्रत बसेको बताएका थिए ।

लोकप्रिय गायक प्रमोदले यतिबेला भने कविता कोरेका छन् । उनले कवितामा देशको अवस्था र चिन्तित नागरिकलाई चित्रण गरेका छन् । खरेलले कवितामा सत्ताका लागि हुने लुछाचुँडीप्रति व्यङ्ग्य गरेका छन् ।

‘म बन्द कोठा भित्र थुनिएको छु, डर र त्रासले छटपटिँदै, सुनौला दिनको सपनामा उनिएको छु, जीवनको घाम चर्किएको छ, सकस र अभाव मैतिर फर्किएको छ,’ प्रमोद कवितामार्फत भन्छन् ।

यस्तो छ प्रमोदको कविता:

म बन्द कोठाभित्र थुनिएको छु
डर र त्रासले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
जीवनको घाम चर्किएको छ, सकस र अभाव मैं तिर फर्किएको छ
मेटाउन खोज्दैछ शक्तिशाली खेलले
बगाउन खोज्दैछ महामारी को भेलले
घॉटी घॉटी पानीमा डुब्दै डुंगा पछाडी झुण्डिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु…
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु…
पुर्खा को इतिहास किताबमा सिमित राखेर
पराधिन छु त्यसै पनि
कसैले ओखती बनाइदिए गर्व गर्ने छन् यहॉ
कसैका आविष्कार र उन्नतीमा बहस गर्न आतुर छन् यहॉ
देश र जनताको नामको पर्चा छर्छन् यहॉ
दुनो सोझ्याउनु त छ सबैलाइ
भ्रस्टचार र भागवण्डा ले पेट भर्छन् यहॉ
जीन्दगी बन्दगी राखेर सास फेर्नेहरु
सिटामोल को अभावले मर्छन यहॉ
म बन्द परिवेश भित्र थुनिएको छु
डर र त्रास ले छटपटीदै
सुनौला दिनको सपनामा उनिएको छु
अत्यास लाग्छ अनभिज्ञ छु
न मलाइ केहि थाहा छ, न केहि जान्दछु…
ननिस्कनु बाहिर भन्छन, बस् त्यहि मान्दछु…

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १ : २० बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ