राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकलालाई एथ्लेटिक्स संघको आर्थिक सहयोग « Khabarhub

राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकलालाई एथ्लेटिक्स संघको आर्थिक सहयोग


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एथ्लेटिक्स संघले राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटको भर्त्सना गर्दै आर्थिक सहयोगको घोषणा गरेको छ ।

नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले बुुधबार विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि झापामा कुटपिट भएको खबरले अत्यन्तै दुःखी बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदकधारी लामगादेमाथि भएको यस घटनाको म र नेपाल एथलेटिक्स संघ घोर भर्त्सना गर्दछु ।’

यस्तै, संघले घटनामा संलग्नलाई कारबाहीको माग समेत गरेको छ । ‘घटनामा संलग्न जो कोहीलाई कडा भन्दा कडा सजाय होस भन्ने माग पनि गर्दछु । कुटपिटबाट घाइते लामगादेसहित घाइते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

संघले २१ हजार रुपैया सहयोग गर्ने जनाएको छ । सोमबार झापा मेचीनगर–१९ चारआलीमा आफ्नै पसल अगाडि बसेकी चन्द्रकलाका अगाडि स्थानीय एक जनालाई कुटपीट भइरहेको देखेपछि उनले छुट्याउन खोज्दा उनैमाथि हातपात भएको हो ।

चन्द्रकला नेपाल पुलिस क्लबकी खेलाडी हुन् । जातीय रुपमा एक स्थानीयले अर्का स्थानीयमाथि नराम्रो व्यवहार गरेको देखेपछि छुट्याउन खोज्दा घटना भएको बताइएको छ ।

चन्द्रकलाका छिमेकी दुर्गा श्रेष्ठ र उनकी विष्णुले उनीमाथि हात पात गरेपछि अहिले उनी झापाको बिएण्डसी अस्पतालमा उपचार गराइरहेकी छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  २ : ३५ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।