काठमाडौं- नेपालमा बुधबार थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ।
देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसीयुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ थियो ।
पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १९ हजार ५०४ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १९ हजार ११९ थियो ।
मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६४ पुगेको थियो । आज थप ११ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।
प्रतिक्रिया