नोबेल मेडिकल कलेज विराटनगरका ५५ जना नर्सले दिए सामूहिक राजीनामा « Khabarhub

नोबेल मेडिकल कलेज विराटनगरका ५५ जना नर्सले दिए सामूहिक राजीनामा


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना नर्सले विभिन्न ७ बुँदे माग राख्दै सामूहिक राजीनामा दिएका छन् ।

सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बीमा गरिदिनुपर्ने, अस्पतालका कार्यरत कोही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए सम्पूर्ण खर्च अस्पतालले बेहोर्नुपर्ने, आकस्मिक कक्षको रेडजोनमा कार्यरतलाई आइसोलेशन सरहको तलब सुविधा, सुरक्षा र क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्नुपर्ने लगायतका माग उनीहरूले राखेका छन् ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकी नोबेलमा कार्यरत एक नर्सलाई नर्सलाई अस्पतालले प्रशासनले लक्षण नदेखिएको भन्दै होम आइसोलेनमा बस्नुपर्ने भनेपछि उनीहरू मंगलबार राजीनामा दिएर आन्दोलित भएका हुन् ।

नोबेल अस्पतालमा अहिलेसम्म एक दर्जन नर्स संक्रमित भइसकेको बताइएको छ ।

अस्पताल प्रशासनले भने नर्सले प्रोत्सान रकम नपाएको भन्दै सामूहिक राजीनामा दिएको जनाएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अस्पतालको आस्किम कक्षमा कार्यरत ५५ जना नर्सले ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता माग राखेको बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ४ : २० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि