नोबेल मेडिकल कलेज विराटनगरका ५५ जना नर्सले दिए सामूहिक राजीनामा « Khabarhub

नोबेल मेडिकल कलेज विराटनगरका ५५ जना नर्सले दिए सामूहिक राजीनामा


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना नर्सले विभिन्न ७ बुँदे माग राख्दै सामूहिक राजीनामा दिएका छन् ।

सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बीमा गरिदिनुपर्ने, अस्पतालका कार्यरत कोही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए सम्पूर्ण खर्च अस्पतालले बेहोर्नुपर्ने, आकस्मिक कक्षको रेडजोनमा कार्यरतलाई आइसोलेशन सरहको तलब सुविधा, सुरक्षा र क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्नुपर्ने लगायतका माग उनीहरूले राखेका छन् ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकी नोबेलमा कार्यरत एक नर्सलाई नर्सलाई अस्पतालले प्रशासनले लक्षण नदेखिएको भन्दै होम आइसोलेनमा बस्नुपर्ने भनेपछि उनीहरू मंगलबार राजीनामा दिएर आन्दोलित भएका हुन् ।

नोबेल अस्पतालमा अहिलेसम्म एक दर्जन नर्स संक्रमित भइसकेको बताइएको छ ।

अस्पताल प्रशासनले भने नर्सले प्रोत्सान रकम नपाएको भन्दै सामूहिक राजीनामा दिएको जनाएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अस्पतालको आस्किम कक्षमा कार्यरत ५५ जना नर्सले ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता माग राखेको बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ४ : २० बजे

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न