कर्णाली प्रतिष्ठानलाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति « Khabarhub

कर्णाली प्रतिष्ठानलाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति दिएको छ ।

सरकारले प्रतिष्ठानमा ‘एमडिजिपी इन जनरल प्राटिक्स’, ‘एमडी इन एनेस्थेसिया’, ‘एमडी इन पेडियाट्रिक्स’ गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाका अनुसार यही साउन ३० गते प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन विधामा चिकित्सा शिक्षा सञ्चालनको अनुमति दिएको हो ।

‘सो निर्णयबाट अब कर्णाली स्वास्थ्य विज्ञानमा विशेषज्ञ सेवाको अध्ययन अध्यापन कार्यको ढोका खुलेको छ,’ शिक्षाध्यक्ष डा.थापाले भने, ‘यही शैक्षिक सत्रदेखि अब स्नातकोत्तर तहको चिकित्सा शिक्षाको पढाइ गरिनेछ ।’

सरकारको यो निर्णयले प्रतिष्ठानलाई ठूलो उपलब्धि मिलेको भन्दै उनले नेपाल सरकारलगायत सम्पूर्ण सहयोगी शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सा शिक्षा दिने अवसर प्रतिष्ठान जुम्लालाई मिलेकोमा गर्व लागेको बताएका छन् ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा.मङ्गल रावलले आयोगको पूर्ण बैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि एमडी.एमएसका पाँच सिटको पक्का भएको बताए ।

बन्दाबन्दी र निषेधाज्ञाकै बीचमा नेपाल सरकारले एमडी/एमएस कार्यक्रम सञ्चालनको अनुमति दिएपछि कर्णालीमा खुशी छाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ५ : ४३ बजे

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

एजेन्सी– चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी

विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहन्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका

कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान फेरि सुरु गर्ने

काठमाडौं -कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान पुनः सुरु गर्ने भएको छ

सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

काठमाडौं– सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की र सहायक निरीक्षक