बार्सिलोनाले भन्यो – मेस्सीसहितको बलियो टिम बन्नेछ « Khabarhub

बार्सिलोनाले भन्यो – मेस्सीसहितको बलियो टिम बन्नेछ


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्ना स्टार खेलाडी तथा कप्तान लियोनल मेस्सीबारे स्पेनिस महारथी बार्सिलोनाले मौनता तोडेको छ ।

मंगलबार राति मेस्सीले अध्यक्ष जोसेफ बर्तमोउलाई आफू क्लब छाड्ने योजनामा पुगेको भन्दै पत्र पठाएका थिए ।

तर, बुधबार बार्सिलोनाका सेटिङ डाइरेक्टरले उक्त विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । उनले क्लबले ६ पटकको बालन डि अर खेलाडी क्लबमा रहुन् भन्ने चाहेको बताएका छन् ।

स्पोटिङ डाइरेक्टर रामोन प्लानेसले मेस्सीले आउँदो सिजन पनि बार्सिलोनाबाट खेल्ने विश्वास व्यक्त गर्दै भनेका छन्, ‘हामीले आशा गरेका छौं कि गएको सिजनभन्दा आगामी सिजनमा बलियो तरिकाले फर्किनेछौं । त्यसमा मेस्सी पनि हुनेछन् ।’

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिखसँगको ८–२ गोल अन्तरको फराकिलो हारपछि मेस्सीले क्लब छाड्ने योजना सार्वजनिक भएको हो । क्लबले मेस्सीका लागि ७ सय मिलियनको रिलिज क्लज खोलेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : २८ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई