गुल्मी अस्पतालका मेसुलाई कोरोना संक्रमण पुष्टि « Khabarhub

गुल्मी अस्पतालका मेसुलाई कोरोना संक्रमण पुष्टि


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास – गुल्मी अस्पताल तम्घासका मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पाच्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनमा कोरोनामा देखिएपछि अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालले सार्वजनिक रुपमा सूचना जारी गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने जनाएको हो ।

कोभिड १९ डायग्नोष्टिक ल्याब्रोटोरी तम्घासमा गरिएको स्वाब परीक्षणका क्रममा डा.पाच्य सहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

बिहीबार कन्ट्रयाक्ट ट्रेसिङका आधारमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, स्वास्थ्य कार्यालयका प्रमुख डा भवानीप्रसाद शर्मा सहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका सम्पूर्ण स्वास्थ्यकर्मी गरी १ सय १२ जनाको स्वाँब सङ्कलन गरिएको छ ।

पहिलो पटक ३६ जनाको स्वाँव परीक्षण गर्दा १६ जनामा कोरोना रिपोट पोजेटिभ देखिएको जनाइएको छ ।

आज मुसिकोट नगरपालिकाका ६७ जनामा गरिएको स्वाब परीक्षणमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ६ जनाको र्‍यापिड टेष्टमा राखिएको र त्यस बाहेक अन्य सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ६ : १४ बजे

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन

संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका