डलर देखाएर रकम लुट्ने गिरोहका पाँच पक्राउ | Khabarhub Khabarhub

डलर देखाएर रकम लुट्ने गिरोहका पाँच पक्राउ


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगि गर्दै हिँडेको अभियोगमा प्रहरीले डलर, नेपाली रुपैयाँ र विभिन्न सामानसहित पाँच जनालाई पक्राउ गरेको छ ।

व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएकालाई फोन गरेर आफुसँग प्रशस्त अमेरिकन डलर रहेको र सस्तोमा डलर साटिदिन्छु भन्दै डलर देखाएर नेपाली रुपैयाँ लुटपाट गर्ने पाँच जनालाई आज प्रहरीले मध्यपुरथिमि नगरपालिका–९ बोडेबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, बाह्रबिसे–६ घर भई हाल मध्यपुरठिमी–९ बोडे बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामकृष्ण तामाङ र सोही ठाउँका ३२ वर्षीय कान्छी तामाङलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकैबाट बिहीबार काठमाडौंको धापासी बस्ने एक व्यक्तिलाई अमेरिकन डलर देखाई रु पाँच लाख लुटेर फरार भएपछि खोजी गर्ने क्रममा उनीहरुलाई प्रहरीले बोडेबाट पक्राउ गरेको हो ।

प्रहरीले निजहरुका साथबाट नेपाली रु दुई लाख ४२ हजार ९३५, विभिन्न कम्पनीका मोबाइल पाँच थान, दुई थान मोटरसाइकल, डलर भन्दै झुक्याउन तयार गरिएका दुई बण्डल कागजका बिटा बरामद गरेको छ ।

पक्राउ परेको गिरोहले गत साउन ८ गते मध्यपुरथिमि–९ बोडेमा रु तीन लाख, साउन १९ गते सोही नपा–५ बाट रु चार लाख, गत भदौ ३१ गते वडा नं २ बाट रु. पाँच लाख, यही असोज ६ गते सोही नपा वडा नं ९ बोडेबाट रु नौ लाख ८० हजार, असोज ८ गते सूनपा–२ बालकोटबाट रु. पाँच लाख गरेर रु. २६ लाख ८० हजार भन्दाबढी रकम लुटपाट गरेको अनुसन्धानबाट खृुलेको सूचना अधिकारी प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । उक्त गिरोहका फरार अन्य व्यक्तिको खोजी जारी राख्दै प्रहरीले थप अनुसन्धान शुरु गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ७ : २५ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ