सेनाद्वारा बाढीपहिरोमा ज्यान गुमाउने २३४ को शव व्यवस्थापन « Khabarhub

सेनाद्वारा बाढीपहिरोमा ज्यान गुमाउने २३४ को शव व्यवस्थापन


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले यस वर्षको मनसुन शुरु भएयता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक प्रकोपका घटनाबाट अप्ठेरामा परेका ३९९ जनाको जीवित उद्धार गरिएको छ ।

सेनाले घटना अप्ठेरामा परेका ४३४ जनालाई सुरक्षित स्थानान्तरण गरिएको, ५८६ नागरिकलाई सुुरक्षित स्थानमा सार्न सहयोग पुर्‍याइएको, अवरुद्ध २३ सडकको पहिरो हटाएर पुनःसञ्चालन गरिएको तथा २६ पुल मर्मत र तटबन्ध निर्माण गरिएको जनाएको छ ।

उक्त अवधिमा डुबानमा परेका ७०० जनालाई सहयोग पुर्‍याइएको, आगलागीका दुई घटनाको नियन्त्रण गरेको तथा ५४ सर्वसाधारणलाई विभिन्न कोणबाट सहयोग गरिएको सेनाले जानकारी दिएको छ ।

यस्ता विपद्का घटनामा सेनाका तत्तत् स्थानीय एकाइबाट खटिएका टोलीले उद्धार र सहयोग गरेका हुन् ।

सिन्धुपाल्चोक, धादिङ, सुनसरी, कपिलवस्तु, बागलुङ, स्याङ्जा, मकवानपुर, पाल्पालगायत जिल्लामा भएका पछिल्ला बाढीपहिरो र अन्य दुर्घटनास्थलमा खटिएर उद्धार र सहयोगमा सैनिक जुटेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ९ : २३ बजे

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको