मेस्सीलाई स्वारेजले भने – तिमी क्लब र विश्व फुटबलका ‘जायन्ट’ हौ « Khabarhub

मेस्सीलाई स्वारेजले भने – तिमी क्लब र विश्व फुटबलका ‘जायन्ट’ हौ


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाका कप्तान लियोनल मेस्सी र बार्सिलोनाबाट भर्खरै बाहिरिएका लुइस स्वारेजबीच सामाजिक सञ्जाल इन्टाग्राममा भावुक कुराकानी भएको छ ।

मेस्सीले शुक्रबार स्वारेजसँगको फोटो पोष्ट गर्दै उनलाई ‘मिस’ गरिरहेको बताएका थिए । त्यतिमात्रै होइन, मेस्सीले स्वारेजलाई क्लबले त्यसरी अर्को क्लब पठाउन नहुनेसमेत बताएका थिए ।

त्यसको प्रतिक्रियामा स्वारेजले शुक्रबार राति उनकै पोष्टमा प्रतिक्रिया जनाउँदै भावुक बनेका छन् ।

सन् २०१४ देखि अहिलेसम्म गरि ६ वर्ष सँगै एकै मैदानमा खेलेका उनीहरुले एक अर्कासँग टाढा हुँदा निकै भावुक बनेका छन् ।

‘धन्यवाद मित्र, तिम्रा शब्दका लागि । तिमीले तय गरेको मार्गका लागि पनि धन्यवाद, जुन पहिलो दिनदेखि म र मेरो परिवारका लागि तिमीले साथ दियौ,’ मेस्सीलाई प्रतिक्रिया दिँदै स्वारेजले भनेका छन्, ‘म सधै मेस्सीप्रति कृतज्ञ हुनेछु – रमाइलो र भावुक मान्छेका लागि तर, खेलाडीका रुपमा सबैले जान्दछन् ।’

स्वारेजले मेस्सीलाई सम्झाउँदै भनेका छन्, ‘मैले भनेको कुरा नबिर्सनु जुन मैले भनेको छु । आफ्नो जीवन रमाउन नछाड्नु र तिमी एक नम्बर हौ, त्यसलाई कम हुन नदिनु । अन्य कुराहरु होइन तिमी क्लब र विश्व फुटबलका जायन्ट हौ ।’

स्वारेजले आफुले मेस्सीको परिवारका पाँच जना उनी उनकी श्रीमती र तीन छोरोलाई मिस गर्ने बताएका छन् ।

शुक्रबार स्वारेजले एट्लेटिको मड्रिडमा मेडिकल जाँच गर्दै थिए । तर, पनि उनले मेस्सीलाई प्रतिक्रिया दिएका थिए । यसबाट पनि उनीहरुबीचको सम्बन्ध कति नजिक थियो भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ७ : ५५ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट