शास्त्रअनुसार शनिवारका दिन यी कुरा खानु हुँदैन « Khabarhub

शास्त्रअनुसार शनिवारका दिन यी कुरा खानु हुँदैन


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदिक धर्मग्रन्थले मान्छेको जीवनमा के गर्न हुने र के गर्न नहुने भनेर सिकाएको हुन्छ । हिन्दू परम्परामा ज्योतिष शास्त्र र हिन्दू मान्यताको उत्तिकै विश्वास गरिन्छ ।

हिन्दू धर्मअनुसार शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । धर्मअनुसार आज के खान हुन्छ र के खान हुँदैन ? यसबारेमा जान्नुहोस्:

कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने शास्त्रमा उल्लेख छ ।

-सादा दूध र दही शनि देवताले मन पराउँदैनन् । तर खानैपरे त्यसमा हल्दी अथवा अलिकति गुड मिलाउनुपर्छ ।

-शनिवारको दिन चना, मास र मुङको दाल खान सक्नुहुन्छ । तर मुसुरोको दाल खानबाट बच्नुहोस् । मुसुरोको दाल मंगलबाट प्रभावित हुन्छ ।

-आँपको अचार खानुहुन्छ भने शनिवारको दिन त्यसलाई टाढै राख्नुहोस् । शनिको प्रकोपबाट बच्न आँपको अचार नखानुहोस् ।

-शनिवारको दिन रातो खुर्सानी पनि खाना हुँदैन। रातो खुर्सानी खाँदा शनिदेव रिसाउँछन् भन्ने बिश्वास गरिन्छ।

-शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदाहुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन ।

-शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।

-शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन ।

-नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।

-काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ ।

-शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।

-शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न उपयुक्त हुँदैन ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : ११ बजे

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट